साझा नेटवर्क
रंजित चौरासिया,पर्सा कार्तिक २१ ।
जनता समाजवादी पार्टीका कार्यकर्ता मात्र नभई मुख्यमन्त्री तथा मन्त्री परिषदको सचिवालयका कर्मचारी समेत रहेको पटेल टाइगर नामक फेसबुक आईडीबाट पत्रकारलाई तथानाम गालि दिएको घटना उजागर भएको छ ।
आइतवार दिउसो युथ औफ वीरगंज साइटबाट खटिएको पत्रकारको टोलीले वीरगंजको लक्ष्मणवामा स्थलगत समाचार संकलन गरी उजागर गरेका कारण जसपाका कार्यकर्ताले समाजिक संजालमा गाली गलौज नै गरेका हुन ।
युथ औफ वीरगंज नामक युट्युव च्यानलबाट चुनावी बिशेष कार्यक्रम अन्तर्गत जनताको गुनासोको निम्ति स्थलगत समाचार संकलन गरी उजागर गरेको कारण जसपाका कार्यकर्ताले खुल्याम समाजिक संजालमा गाली गलौज गरेका छन । निर्वाचन नजिक्दै जादा हार्ने त्रासमा रहेका जसपाका कार्यकर्ताहरुले समाजिक संजाल फेसबुकको माध्यमले गुन्डागर्दी शैलीमै पत्रकारलाई तथानाम गाली गर्न थालेका हुन ।
वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा टोलका स्थानीयहरुले युट्युब च्यानलको माध्यमले आफ्नो कुराहरु राखेपछि तनाव उत्पन्न भएको छ । बिगत ५ बर्षदेखी निर्वाचित नेताहरुले गरेको कार्यको बिषयमा समाचार संकलन गरेका पत्रकारलाई तथानाम गाली गर्दै समाजिक संजालमा पोष्टयाइएको छ ।
पत्रकारले निष्पक्ष तरिकाले आफ्नो काम कर्तव्य निर्वाह गरिरहेकै बेला जसपाका कार्यकर्ताहरुले बन्धक बनाउन नमिल्ने भएपनि डर त्रास देखाउने प्रयास गरिएको समाजिक संजालबाट प्रष्ट हुन्छ । निर्वाचनको समयमा डर त्रास देखाउने र हैकमवादी तरिकाले गरेको काम प्रति स्थानीय आक्रोषित बनेका छन ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार समाजिक संजालको दुरुपयोग गर्दै तथानम गाली गलौज गरेको बिषयमा बुझिरहेको र त्यस्तो पाएको खण्डमा कारवाही प्रकृया अगाडी बढाउने बताएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend