साझा नेटवर्क
रञ्जित चौरसिया, बीरगंज कार्तिक २१ ।
पर्सा क्षेत्र नं. १ ‘ख’ का लौरो उम्मेदवार ओमप्रशास सर्राफले वीरगंजको लक्षमणवा, श्रीपुर, भिस्वा लगायतको टोलमा चुनाव केन्द्रित घरदैलो कार्यक्रम गरेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लडेको पर्सा क्षेत्र नं. १ ‘ख’ अर्थात क्षेत्र नं. १ को २ बाट ‘लौरो’ छाप लिई प्रदेश सभा सदस्यका उम्मेदवार रहेका सर्राफले मुख्यमन्त्रीले गरेका भ्रष्टाचारको बिरोध गर्दै जनतासंग भोट माग्दै घरदैलो कार्यक्रम गरेका हुन् ।
चुनाव केन्द्रित घरदैलो गर्दै लौरो उम्मेदवार सर्राफले मधेशको राजधानीलाई साटासाट गर्दै मुख्यमन्त्री बनेका लालबाबु राउतले साईकल खरिद, स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण, सहिदको शालिक निर्माण लगायतमा कमिश्नको लोभमा व्यापक भ्रष्टाचार गरेको तथ्यहरु मतदातालाई बुझाउँदै लौरो छापमा आफूलाई र समानुपातिक उम्मेदवार गुड्डी जोशीलाई भोट दिन आग्रह गरेका हुन् ।
बेटीको नाममा मधेशलाई लुटेर करौडौं भ्रष्टाचार गर्नेलाई कडा जवाफ दिन र वीरगंजको मर्यादा कायम गर्न आफूलाई जिताउनु पर्ने सर्राफको बिन्ती थियो ।
आफूले मधेशको हरेक धर्मसंस्कृतिको धरोहर विश्वलाई चिनाउन भिजिट मधेशमार्फत पर्यटन, मधेशको संस्कृतिको उत्थान गरेको, कोरोना महामारीमा एक आम समाजसेवीको हैसियतले आफ्ना मतदाताका दुःखमा सदैव साथ रहेकाले लौरोमा मतदान गरि आफूलाई जिताउन पर्सा क्षेत्र नं. १ ‘ख’ का उम्मेदवार ओमप्रकाश सर्राफले अपिल गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend