साझा नेटवर्क
साझा नेटवर्क, कतार कार्तिक १९।
नेपाली जनप्रगतिशील मंच, कतारले ध्रुवीकरण अभियान तथा प्रशिक्षण समारोह बिच जनता सामाजवादी पार्टी परित्याग गरि ३५ जना जनप्रगतिशील मंचमा प्रवेश गरेका छन।
जनता समाजवादी पार्टीका प्रवास संगठन कतारका असन्तुस्टी पक्षले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै गत ३१ अक्टोबर २०२२ का दिन पार्टी परित्याग गरेको घोषणा गरेको थियो । जनप्रगतिशिल मंचका मध्य पश्चिम संयोजक सनि कुमार ओलीले खाँदा ओढाएर सह सम्मान सहित पार्टीमा स्वागत गरेका हुन् । उक्त कार्यक्रममा मंचका राष्ट्रिय कमिटिका सल्लाहकारहरु पार्टी कार्यकर्ताहरुको उल्लेखिनिय सहभागिता रहेको थियो।
जनता समाजवादी प्रवास संगठन कतारका उपाध्यक्ष प्रकाश आले मगर, उपमहासचिव गजेन्द्र खालिङ्ग राई, सह कोषाध्यक्ष एक्का प्रसाद तामाङ योगेन्द्र, धर्म राज राई, सांस्कृतिक उप संयोजक बिज्ञान राई, ईन्द्र तामाङ ,बिनोद राना, बाबुराम थापा, आसा राई, प्रकृति राई , सल्लाहकार बाबुलाल महतो ,सनक बम्जन, नैन भुजेल, भिम बहादुर नेपाली,सन्तोष राना, दावा शेर्पा ,नर बहादुर राई, निरु राई,मदन दास, दृस्ठि महर्जन ,राम कुमार राई, बिबश लिम्बू ,गुरुदेव चौधरी ,राम बहादुर तामाङ ,आइवी बाईवा,गौतम मोक्तान,नर मान स्यान्ताल, फूर्वा तामाङ, युव राज योन्जन,दावा ग्याम्बा तामाङ , मेग बहादुर मगर, लाल बहादुर गोले, अनिता राई, अस्मिता राई,दिपेन्द्र सरदार लगाएतको समुहले नेपाली जनप्रगतिशील मंचमा प्रवेश गरेका हुन्।
एककृत भए संगै जनप्रगतिशिल मंचले उपाध्यक्ष पदमा प्रकाश आले मगर,उपमहासचिव गजेन्द्र खालिङ्ग राई, सल्लाहकारमा बाबुलाल महतो, खेलकुद बिनोद राना मगर उपसंयोजक, बिज्ञान राईलाई सांस्कृतिक बिभाग उपसंयोजकपदमा नियुक्ति गरेको छ बाँकी रहेका अन्य पदाधिकारीलाई अध्यक्ष र उपाध्यक्ष द्वयले छलफल गरि अगाडी बढने जानकारी गराए। लामो समय देखि रिक्त रहेको उपाध्यक्ष पदमा निबर्तमान युव संयोजक नेत्र प्रसाद आचार्यलाई पदउन्नति गरेको छ।
अन्तमा अध्यक्ष बुद्धि प्रसाद भण्डारीले कतारमा बैचारिक संगठनले गर्ने सामाजिक कार्यहरुमा सहकार्य गरि बिभिन्न संघ संस्थाहरुमा आफ्नो पार्टीका आस्थावानहरुको उल्लेखिनिय सहभागिता रहेको बताउदै। हामी मिलेर संगठनलाई बलियो बनाएर लैजान सकिने बताउदै जनयुद्द र संघर्षबाट आएका सहिदका सपनाहरु अहिले पनि अधुरा रहेको बताए। हाम्रो पार्टीले निर्धारण गरेको मार्ग सिदान्त र निर्देशनलाई नीति तथा कार्यक्रमलाई लामो सुशासन व्यबस्थालाई अन्त्य गरेको बताउदै।
देश अहिले संघियता धर्म निरपेक्षता समबेशिकाहरुमा आफ्नो पार्टीले गरेको नेपालको सासकीय व्यबस्था रहेको हाम्रा सहिद योद्दका अधुरा रहेका सपना संस्थागत गर्नु पर्ने बताउदै एककृत हुनु भएका सबैलाई हार्दिक धन्यबाद प्रकट गर्दै एक जुट भएर संगठन निर्माणमा अगाडी बढ्नु पर्ने बताए ।







© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend