logo
  • शनिबार, साउन ३० २०८३

राप्रपाबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार साह दोहरो नागरिक रहेको खुलासा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रन्जित चौरसिया, वीरगंज कात्तिक १८ ।
आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतितिधिसभा सदस्यको निर्वाचनमा पर्सा क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नरेश कुमार साह भारतीय नागरिक रहेको खुलासा भएको छ ।
राजसंस्था पुनर्स्थापनाको महान अभियानमा अग्रसर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता भनिने व्यक्ती साह भारतीय नागरिक रहेको उजुरी जिल्ला प्रशासन कार्यालय पर्सामा पनि केही समय पहिला परेको छ ।

पर्सा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको लागि राप्रपाबाट हलो चुनाव चिन्ह लिएर उम्मेदवार नरेश साह मतदाताहरु बीच गए पनि उनी भारतीय रहेको जान्नेहरु उनलाई भोट नदिने बताउदै आएका छन् ।

“आफुहरुले भारतीय नागरिकलाई भोट दिएर जिताए पनि कुन बेला उनको नेपाली नागरिक्ता खारेज हुने हो पत्तो छैन” वीरगंज महानगरपालिका श्रीसियाका जयनारायण पटेलले भने “पार्टीले पनि बिना जाँचबुझ गरी टिकट दिए पनि उनलाई जिताउन सकिन्न” उनले भने ।

२०६३ सालमा खटिएको नागरिकता टोलीबाट सर्लाही जिल्ला तत्कालिन कविलासी गाविस वडा नं. ८ मा जन्म भएको भुठो विवरण पेश गरी नेपाली नागरिकता लिन सफल भएका साह भारत विहार सितामढी जिल्ला बेल निवासी नरसिंह साहका छोरा भएको खुलेको हो ।

निजको हालसम्म भारत विहार सितामढी जिल्ला रिगा विभानसभा अन्तरगत बेलमा जग्गा जमिनका साथै भारतीय नागरिकता र मतदाता सुचिमा समेत नाम उल्लेख रहेको प्रमाण फेला परेको छ ।

त्यसैगरी साहको नागरिकता विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परेको छ । उजुरीको आधारता जिल्ला प्रशासन कार्यालयले अनुसन्धानको सिलसिलामा निजलाई झिकाएर थप एवं गहन अनुसन्धान गरिरहेको बुझिन आएको छ ।

राप्रपा श्रोतका अनुसार पार्टीमा साहले प्रवेश गरे देखि लाखौं रुपैया खर्च गरिसकेका छन भने अगामी संघ र प्रदेश संसदको निर्वाचनमा करोडौं खर्च गर्ने अश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend