साझा नेटवर्क
शिला अधिकारी, काठमाडौं कार्तिक १८।
ह्युमनिटेरियन एलाएन्सले २०२२ को ह्युमनिटेरियन सर्भिस मेडलबाट नेपाली युवा राजेन्द्र गौतमलाई सम्मान गर्ने भएको छ । बिहीबार एक कार्यक्रमका बिच एलाएन्सले प्रकोप व्यवस्थापनको क्षेत्रमा गौतमको भूमिका निकै असाधारण रहेको कारण सम्मान गर्न लागेको जनाएको हो ।
एक दसक देखी सामाजिक अभियानका हिमायती गौतम बिभिन्न दैबी प्रकोपमा राहात तथा उद्दार ब्यबस्थापनको निम्ती सकृय छन । गौतमले नेपालको ग्रामीण क्षेत्रमा भुकम्पबाट क्षतीग्रास्त बिधालय पुनर्निर्माणमा समेत अतुलनिय योगदान गरेका छन ।
अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलको पूर्व प्रमुख समेत रहेका गौतम आधा दर्जन बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान प्राप्त ब्यक्तित्व हुन भने पिस म्युजियम कोलोराडो अमेरिकाले २०१९ को पिस हिरोबाट समेत उन्लाई सम्मान गरेको थियो ।
रोटरी इन्टरनेशनलको न्यू जेनेरेसन सर्भिस एक्सचेन्ज फेलोशिप प्राप्तकर्ताको रूपमा हाल उनी अष्ट्रेलियामा रहेको र सम्मान कार्यक्रम आगामी जनवरी २०२३ मा हुने एलाएन्सले जनाएको छ ।
सम्मान स्वरुप गौतमले कदर पत्र र दस हजार डलर अर्थात झन्डै तेर्ह लाख रुपैया प्राप्त गर्ने छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend