logo
  • शनिबार, साउन ३० २०८३

प्रदीप ज्ञवालीको प्रतिबद्धता ः जनताको विश्वासलाई सहि ठाउँमा प्रयोग गछौं


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री
१७ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको क्षेत्रनम्बर–१ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार प्रदीपकुमार ज्ञवालीले सबै ठाउँमा पुग्दा मुख्य समस्या गाउँमा बस्ने अवस्था भएन, युवा बेरोजगार भए भन्ने समस्याहरु आएको बताए । बुधवार गुल्मी जिल्ला सदरमुकाम तम्घासमा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ज्ञवालीले आगामी पाँच वर्षमा गर्ने महत्वपूर्ण कामहरुको बारेमा प्रतिबद्धताहरु सार्वजनिक गरेका हुन् ।

उनले गाउँमा आधारभूत विकासहरुमा माग कम आएको बताए । राष्ट्रिय राजमार्गको रुपमा रहेको कालीगण्डकी करिडोर कालोपत्रे देखि सिद्धबाबा सुरुङ मार्गलाई पूर्णता दिइने सम्मका प्रतिबद्धता जनाएका छन् ।


उनले चीन र भारत जोड्ने ट्रान्जिट रुट र महत्वपूर्ण पर्यटकीय राजमार्गका रूपमा कालीगण्डकी करिडोर कालोपत्रे गर्ने काम सम्पन्न गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन् । जोर्ते–प्रवास सुरुङ मार्गको अध्ययन सम्पन्न गरी निर्माण सुरु गर्ने र सिद्धबाबा सुरुङ मार्गलाई पूर्णता दिइने उल्लेख गरेका छन् ।

उनले निर्वाचित भएपछि पाँच वर्षको अवधीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकपूर्वाधार, पर्यटन, विद्युत जस्ता महत्वपूर्ण क्षेत्रमा उल्लेख्य काम अगाडी बढाइएको ज्ञवालीले बताए । प्रतिबद्धता पत्र सार्वजानिक कार्याक्रममा बोल्दै गुल्मी क्षेत्र नम्बर–१ का उम्मेदवार नेता ज्ञवालीले आफू निर्वाचित भएपछी जिल्लाका विकास निर्माणको निम्ति धेरै काम अगाडी बढाएको बताए ।

उनले गाउँगाउँमा विकास पुगेको तर युवा जति बाहिर पलायन भएको बताए । अब युवा पलायनलाई रोक्न स्वदेशमै केहि गर्ने गरि काम गरिने रणनिति बनाइएको बताए ।
ज्ञवालीको जिल्लाको विपद र कुनैपनि महामारीमा आफुले जनताको निम्ति उल्लेख्य काम गरेको बताए । कालीगण्डकी करिडोर, रेसुङ्गा विमानस्थल, गर्जुरा पार्क, उनायचौरमा विद्यृत सब स्टेशन, ५० शैयाको गुल्मी अस्पताल निर्माण,अक्सिजन प्लान्ट निर्माण, पिसिआर ल्याव स्थापना, पालिका स्तरमा १५ शैयाको अस्पताल, सडक पूर्वाधार,खानेपानी लगायत थुप्रै करोडौंका योजना संचालन गरिएको उनले बताए ।

आफूहरुलाई जनताको ठुलो विश्वासले काम गर्ने ठाउँमा पुर्याएको हुँदा आफू र एमाले पार्टी जनता हक हितमा रहेर निरन्तर काम गरिरहेको नेता ज्ञवालीले बताए । अघिल्लो निर्वाचनमा मतदाताले दिएको मतको पूर्ण सदुपयोग गर्ने गरी आफूहरुले काम गरेको उपमहासचीव ज्ञवालीले जिकिर गरे ।

रेसुङ्गा विमानस्थल निर्माणको काम सकियो तर नियमित उडान किन हुन सकेन रु भन्ने पत्रकारको प्रश्नमा नेता ज्ञवालीले विमानस्थलमा नेताले जस लिनको लागि राजनितिकरण गरियो त्यसैले नियमित उडान हुन नसकेको हो उनले भने । आगमी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन लगत्तै संचालनमा ल्याउने ज्ञवालीले बताए ।

बहुचर्चित सडक रिडि वामि सडक खण्ड कालोपत्रे, दहरे, नादे, गिँदी र भार्से खोलामा पुल निर्माणको लागि टेण्डर प्रक्रियाको काम अगाडी बढेको र अन्य थुप्रै योजनाका काममा बजेट विनियोजन भएपनि निर्माण ब्यावसायीको लापरबाहीका कारण काम हुन नसकेको उनले बताए । ज्ञवालीले आगामी बर्षको लागी यातयात, विद्युत, खानेपानी,स्वास्थ्य,कृषि,उद्योगतथा खानी, युवा खेलकुद तथा रोजगारी,सामाजिक न्याय र सुरक्षा र संस्कृति तथा पर्यटन क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको ज्ञवालीको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend