logo
  • शनिबार, असोज १० २०८३

नव प्रगतिशिल युवा क्लवको वार्षिकोत्सव तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी  कात्तिक १३ ।
गुल्मीको जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ स्थित नव प्रगतिशिल युवा क्लवले २३ औं वार्षिकत्सव सम्पन्न गरेको छ । वार्षिकत्सवको अबसरमा साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रममा कलाकारहरु विष्णु श्रीपाली, शुशिला नेपाली, बाबुराम परियार, नारायणबिपि परियार र विष्णु पन्थ सहित स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहेको क्लवका संस्थापक अध्यक्ष जनक पन्थले बताए ।
वार्षिकोत्सवको शबसरमा क्लवका संरक्षक एवं छत्रकोट गाउँपालिकाका पूर्व अध्यक्ष मधुकृष्ण पन्थलाई क्लवको तर्फबाट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले अभिनन्दन गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा क्लवलाई सहयोग गर्ने बिभिन्न व्यक्तित्वहरुलाई पनि सम्मान तथा मायाको चिनो प्रदान गरिएको पन्थले बताए ।
कार्यक्रम क्लवका अध्यक्ष जीवन पन्थको अध्यक्षता, गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, क्लवका उपाध्यक्ष मनिषा श्रेष्ठको स्वागत मन्तव्य एवम् सचिव मेघु कंडेलको संचालनमा सम्पन्न भएको संस्थापक अध्यक्ष पन्थले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend