logo
  • शुक्रबार, असोज ९ २०८३

कतारमा शुभदिपावली तथा देउसीभैलो कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, कतार  कार्तिक १३ ।
हिन्दु धर्मावलम्बीहरुको दोश्रो महान चाड शुभदिपावलीको अवसरमा गुल्मी सेवा समाज कतारले हरेक वर्ष मनाउदै आएको देउसी भैलो कार्यक्रम यस वर्षपनि सम्पन्न गरेको छ । “छात्रवृति अक्षयकोष सथापनाका लागि सहयोगार्थ” आयोजना गरेको “बृहत शुभदीपावली तथा देउसीभैलो कार्यक्रम” गत शुक्रवार सम्पन्न भएको हो ।
विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष कुमार “अविरल” पन्थी सभापति तथा लुम्विनी प्रदेश समन्वय परिषद कतारका संरक्षक क्रान्ति सिंह प्रमुख अतिथि रहेका थिए । कतारमा स्थापित विभिन्न वैचारिक तथा सामाजिक संघ-सँस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक अभियन्ता, विभिन्न व्यक्तित्वहरु, पत्रकार तथा कलाकारहरुको विशेष उपस्थिति रहेको थियो । त्यस्तै आफ्नो अमुल्य समय खर्चेर आउनु भएका देउसीभैलो प्रेमी कतारबासी गुल्मेली एवं गैर गुल्मेलीहरुको उपस्थितिले कार्यक्रमको सभाहल खचाखच भरिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण रहेको देउसीभैलो प्रस्तुत गर्दै साँस्कृतिक संयोजक मित्र विएस, नेत्र आचार्य, मित्र अर्याल, ज्ञान शाही, दिपेन्द्र सुनार, विबस वेल्वासे, बाबुराम अधिकारी, रण बहादुर सुनार, विष्णु भुसाल लगायतका कलाकारहरुले उपस्थित सबैलाई नचाएका थिए । साथै उक्त देउसीभैलो कार्यक्रमलाइ गैर गुल्मेली कलाकारहरुले साथ दिदै नाचगान गरि रमाइलो गरेका थिए । सोही अवसरमा गुल्मी जिल्ला लगायत पश्चिमी छिमेकी जिल्लाहरुमा नाचिने मारुनी तथा सोरठी नाच समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्युठान सेवा समाज कतारका कलाकारहरु आरबि रसाइली, लक्षमण सुनार, अर्जुन सुनार, दिपेन्द्र थापा भोज पुन, अमृत सुनार, समुन्द्र खडका लगायतका कलाकारहरुले देउसीभैलो प्रस्तुत गरेका थिए । सोहि अवसरमा गायक इश्वर भण्डारी, सुरेस बिसी, दिपेन्द्र सुनारले गित प्रस्तुत गरे । त्यस्तै नेपाल मगर संघ शाखा कतारका कलाकारहरु जनक थापा मगर, टेक रसाईली, रेखा मगर, ललिता लामा, कुमारी तामाङ, भुमिका राई, रबिन थापा मगर, पाण्डप थापा मगर, नेत्र थापा मगर, निशा मगर लगायतका कलाकारहरुले मारुनी, सोरठी तथा एकल नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि क्रान्ति सिंहले समाजले संचालन गरेको “छात्रवृति अक्षयकोष” स्थापना अभियान लगायत समाजले गर्दै आएका विभिन्न सामजिक कार्यहरुको खुलेर चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अन्तमा सँस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कुमार अविरल पन्थीले कार्यक्रम सभ्य एवम भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिए । आगामी दिनमा सस्थाले आयोजाना गर्ने कार्यक्रमलाई अझ शशक्त मर्यादित र सभ्य किसिमले आयोजना गर्ने प्रतिबद्दता व्यक्त गर्दै कार्यक्रमकको समापन गरेका थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कमल अर्याल तथा सास्कृतिक कार्यक्रम दिपेन्द्र सुनारको सहजीकरण रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend