logo
  • शनिबार, भाद्र २० २०८३

एकता समाज रक्तिम सांस्कृतिक अभियानद्वारा देउसी भैलो सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
कतार नेपाली समाज अन्तर्गत रक्तिम सांस्कृतिक अभियानले देउसी भैलो कार्यक्रम सम्पन गरेको छ । समाजले बिगतका दिनहरुमा पनि निरन्तर प्रवासमा रहेता पनि आफ्नो कला सांस्कृतिकको जगेर्ना गर्दै प्रगतिशील  देउसी भैलो कार्यक्रम गर्दै आएको छ। सोहि अवसरमा सनैया प्लाज मल स्थित रहेको ग्रम बंगला  रेस्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष विष्णु थापाको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन मगरको प्रमुख आतिथ्यता रहेको थियो।
कतारमा स्थापित प्रदेश र बैचारिक संघ संस्था लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा प्रवासी नेपाली मञ्चका सचिव विनेश तामाङ्ग , नेपाली जनप्रगतीशिल मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, नेपाली प्रगतीशिल मोर्चा अध्यक्ष रविन पुन, नेपाली समाज कतार वरिष्ठ उपाध्यक्ष प्रकाश आले मगर,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष प्रेम चलाउने, अन्र्तराष्ट्रिय समाजका रामजी सुवेदी, पत्रकार महासंघ कतार उपाध्यक्ष दिल कुमार श्रेष्ठ, गण्डकी प्रदेश बरिष्ठ उपाध्यक्ष सागर पौडेल, नेपाली जनसमपर्क समितिका उपसभापति ठाकुर कुमार परियार, प्रवासी एकता मञ्च अध्यक्ष रामहरी गैरे, लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

कतार नेपाली एकता समाज अन्तर्गत रहेको रक्तिम सांस्कृतिक अभियानले हलमा उपस्थित रहेका आम जनमानसमा चेतना फैलाउने संदेश मुलक र मौलिक गित संगीत नृत्यको वेजोड प्रस्तुत गरेका थिए। हलमा उपस्थित आम दर्शकले यस रक्तिम सांस्कृतिक अभियानले प्रस्तुत गरेका गीत संगीत र नृत्यको खुलेर प्रशंसा गरेको देखिन्थ्यो।

उपस्थित सम्पूर्ण दर्शक र अतिथीहरुले यस्ता प्रत्यक्ष कार्यक्रमहरु विरललै सुन्न र देख्न पाएइकोमा भित्री मनदेखि नै आफुहरु उत्साहित भइ आ–आफना मनतव्य मार्फत यस रक्तिम सांस्कृतिक अभियानले आगामी दिनहरुमा अझ प्रगतीको सिखर चुम्न सफल रहोस भन्ने शुभकामना दिए ।

अन्तमा कतार नेपाली एकता समाजका अध्यक्ष विष्णु थापाले कार्यक्रममा उपस्थिती रहनु भएका सम्पूर्णलाइ धन्यवाद दिदै कार्यक्रम दौरानमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद प्रकट गरे । कार्यक्रमको सहजिकरण खिम बुढा मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend