साझा नेटवर्क
प्रिन्स मिश्र, कपिलवस्तु कार्तिक ०९।
नेकपा एमाले कपिलवस्तु क्षेत्र न ३ को एक कार्यक्रममा बिजयनगर गाउँपालिका का कर्मचारी सहभागी भएको पाइएको छ।
बिजयनगर गाउँ पालिकाका सुकुम्बासी आयोग अन्तरगत शाखामा काम गर्ने सन्तोष तिवारी यसरी एमालेको चुनाव प्रचार मा होमिएका छन ।
एमाले निकट युवा सघले आयोजना गरेको उक्त कार्यक्रम सहभागी भएको फोटो सार्वजनिक भएपछि निर्वाचन कार्यालय प्रती प्रश्न चिन्ह खडा भएको छ ।
निर्वाचन आचारसंहितामा बिपरित कार्य गरेको भन्दै स्थानीयले बिरोध गरेका छन । कर्मचारी प्रयोग गरेर निर्वाचन आचारसंहितामा विपरीत गर्ने छुट कसैलाइ नभएको भन्दै कार्वाहीको माग गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend