logo
  • शुक्रबार, साउन ८ २०८३

वृहत शुभदीपावली तथा देउसीभैलो कार्यक्रमको तयारी अन्तिम चरणमा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क, कतार कार्तिक ६।
गुल्मी सेवा समाज कतारद्वारा छात्रवृति अक्षयकोष स्थापनाका लागि सहयोगार्थ आयोजित वृहत शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको  छ । समाजले हिन्दु धर्मावलम्विहरुको दोश्रो महान पर्व शुभ दीपावलीको अवसर पारेर यहि आउदो २८ अक्टोबर २०२२ का दिन वृहत शुभदीपावली तथा देउसीभैलो कार्यक्रम आयोजना गरेको हो ।
समाजले  शुभ दीपावलीको अवसर पारेर हरेक वर्ष शुभदीपावली तथा देउसीभैलो कार्यक्रम आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने देउसीभैलो, मारुनी नाच, सोरठी नाच लगायतका विभिन्न सांगीतिक प्रस्तुतिहरु रहने भएका छन ।

देउसीभैलो कार्यक्रममा कुनै पनि कमि हुन नदिई उपस्थित सम्पूर्णलाई स्वदेशमा रहेको अनुभव गराउने प्रस्तुतीहरु प्रस्तुत गरी पूर्ण मनोरञ्जन प्रदान गर्नेमा ढुक्क रहेको समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक कमल अर्यालले साझा नेटवर्कलाई जानकारी दिए ।

प्रवासमा रहेका गुल्मेली तथा गैर गुल्मेली कलाकारहरुको साथमा कार्यक्रममा विशेष आकर्षणका रुपमा देउसीभैलो, मारुनी नाच, सोरठी नाच, गुल्मी जिल्ला लगायत पश्चिमी छिमेकी जिल्लाहरुमा नाचिने विभिन्न नाचहरु, तथा मगर समुदायमा नाचिने मारुनी नाच लगायतका प्रस्तुतिहरु रहने साँस्कृतिक संयोजक मित्र विएसले जानकारी दिएका छन ।

समाजले कतारमा स्थापित विभिन्न वैचारिक संघ-संस्थाहरु, प्रदेश संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, वुद्धिजीवी, समाजसेवी, व्यवसायी लगायत गुल्मेली तथा गैर गुल्मेलीहरुलाई कार्यक्रममा उपस्थितका लागि निमन्त्रणा  गरिसकेको छ ।

नेपाली रिति रिवाज र धर्म संस्कृतिकको जगेर्ना गर्दै विभिन्न समयमा विविध कार्यक्रमहरु गर्दै आईरहेको छ । प्रवेश नि:शुल्क रहेको उक्त कार्यक्रम २८ अक्टोवर २०२२ शुक्रबारका दिन कतारको सनैया प्लाजा मल स्थित सेन्चुरी  रेस्टुरेन्टको सभाहलमा बिहान  ११ बजेबाट सुरुहुने आयोजकले साझा नेटवर्कलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend