साझा नेटवर्क
काठमाण्डाै, कात्तिक ३ ।
आईसीसी टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्का सुपर–१२ मा प्रवेश गरेकाे छ । साइमन्ड्स स्टेडियम जिलाेङमा भएकाे खेलमा श्रीलङ्काद्वारा १६ रनले नेदरल्यान्ड्स पराजित भएको छ । बिहीवार भएकाे समूह चरणकाे अन्तिम खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै श्रीलङ्का सुपर–१२ मा पुगेकाे हाे ।
श्रीलङ्काले दिएकाे एकसय ६३ रनकाे लक्ष्य पछ्याएकाे नेदरल्यान्ड्सले पूरै २० ओभर खेल्दै नाै विकेट गुमाएर एक सय ४६ रनमात्रै बनाउन सक्याे । नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले नटआउट ७१ रन बनाए । बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरङ्गाले तीन र महेश थिकशनाले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६२ रन बनायाे । कुसल मेन्डिसले ७९ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका भान मिकरेन र बास दी लीडेले दुई–दुई विकेट लिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend