logo
  • शनिबार, असोज १० २०८३

विद्युतीय तार सर्ट भई आगो लाग्दा १२ लाखको क्षति


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी कात्तिक ०२ ।
गुल्मीमा विद्युतीय तार सर्ट भई आगो लाग्दा १२ लाख बराबरको क्षति भएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ बाँझकटेरी निवासी जुना नेपालीको घरमा मंगलबार साँझ साढे बजेको समयमा आगो लागेको थियो ।
आगलागिमा नगद, सुन, अन्नपात, लत्ताकपडा गरी कुल १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिए ।

साँझको समयमा एक्कासी विद्युतको तार सर्ट भई लागेको आगो स्थानीय र इलाका प्रहरी कार्यालय, पुर्कोट दहको समुहले नियन्त्रणमा लिएको थियो । आगलागिबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने मानविय क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend