logo
  • शनिबार, साउन ३० २०८३

टी–२० विश्वकपमा स्कटल्याण्डद्वारा वेष्टइण्डिज पराजित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, असोज ३१ ।
टी-२० विश्वकपमा स्कटल्याण्डले दुई पटकको च्याम्पियन वेष्टइण्डिजलाई ४२ रनले हराएको छ । क्वालिफाइङ राउण्डमा स्कटल्याण्डले दिएको १६१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज १८.५ ओभरमा ११८ रनमा अलआउट भयो । उसका लागि जेसन होल्डसले सर्वाधिक ३८ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको थियो । उसका लागि जोर्ज मुन्सेले अविजित ६६ रन बनाएका थिए ।

जितपछि स्कटल्याण्डका कप्तान रिचर्ड बेरिङटनले भनेका छन्, ‘यो जित हाम्रा लागि खास छ । यसका लागि हामीले पछिल्लो १२ महिना निकै मिहिनेत गरेका छौं । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी-२० विश्वकप च्याम्पियन हो । यसअघि आइतबार नामिबियाले श्रीलंकालाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend