साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असोज ३० ।
गुल्मी क्षेत्र नम्बर–२ मा हाम्रो नेपाल पार्टीका उम्मेदवार रामलाल पाण्डेले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । आइतबार पत्रकार महासंघको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै पाण्डेले संसददेखि क्षेत्रगत एजेण्डाहरु सार्वजनिक गरेका हुन् ।
‘बा–आमालाई टेकाउने, भ्रष्टहरुलाई सेकाउने’ भन्ने नाराका साथ चुनाव चिन्ह ‘लौरो’ पाएका पाण्डेले नागरिकको भावनालाई केन्द्रमा राखेर निर्णय लिने र कार्यान्वयन गर्ने, प्रत्यक्ष निर्वाचित सरकार प्रमुख प्रणालिको व्यवस्था गर्ने, कृषि प्रणालीलाई यान्त्रिकिकरण गरी उत्पादनको लागत घटाउनुको साथै उत्पादनमा आधारित अनुदान दिने, भ्रष्टाचार अन्त्य गर्न स्वतन्त्र र निष्पक्ष नागरिक आयोगको व्यवस्था गर्ने लगायतका एजेण्डा समावेश गरेका छन् ।
क्षेत्रगत एजेण्डातर्फ क्षेत्र नम्बर २ मा बिजुली तथा मोबाईल नेटवर्क समस्या समाधान गर्न पहल गर्ने, नियमितरूपमा बिजुलीबाट बन्चित भएका समुदायहरुका लागी सोलार बत्तीको व्यवस्थापन गर्ने, जेष्ठ नागरिकहरुलाई घरदैलोमै मासिक रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने लगायत रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend