साझा नेटवर्क
अग्लुङ डायरी, गुल्मी असोज ३० ।
उमेरले वृद्ध अवस्थामा पुगिसक्दा पनि नागरिकता विहिन रहदै आएका मदाने गाउँपालिका १ अग्लुङ्ग निवासी ७१ वर्षीय चित्र बहादुर बोहराले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । साबिकको अग्लुङ्ग गाउँ बिकास समिति वडा नम्बर .१ रिडिवन झ्यानपानि निवासी स्वर्गीय दुजमान बाेहराका जेठा छाेरा चित्र बहादुर बाेहरा काे जन्म २००८ बैशाख २० गते भएको थियोे ।
जन्मेर ७१ वर्ष कटिसक्दा पनि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेका चन्दलाई मदाने गाउँपालिका १ अग्लुङका वडा अध्यक्ष सुशील चन्दको विशेष पहल र बाँझकटेरी निवासी टीका केसी भुसालको समन्वयमा आज जिल्ला प्रशासन कार्यलय गुल्मी बाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको थियो । वृद्धलाई गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुन्य बिक्रम पौडेलले नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
नागरिकता बनाउनका लागि मदाने गाउँपालिका १ का वडाध्यक्ष सुशील चन्दले बाेहाेरालाई आफ्नै खर्चमा सदरमुकाम तम्घास पुर्याउनुभएकाे हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको उपस्थितिमा प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसालले ७२ वर्षीय बोहोरालाई नागरिकता प्रदान गर्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयाे ।
नागरिकता हात पारेपछि बोहोराले खुसी हुँदै वडाध्यक्ष र प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिनुभयाे । उहाँले आजसम्म काम नपरेको हुँदा नागरिकता नबनाएको भन्दै बुढेसकालमा सामाजिक सुरक्षा भत्ता खानका लागि नागरिकता बनाउन आएको प्रतिक्रिया दिनुभयो । बोहोरा जन्मेको केही बर्षपछि देखि छिमेकी गाउँ बाझकटेरिमा अरुकाे घरमै बस्दै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend