साझा नेटवर्क
काठमाडौं, असोज ३०।
फ्रान्सका फिलिङ स्टेसनहरू बन्द गर्न बाध्य भएको करिब तीन हप्तापछि प्रदर्शनकारीहरूले बढ्दो जीवनयापन खर्चको विरोधमा आइतबार प्रदर्शनको तयारी गरिरहेका छन्। राष्ट्रपति इमानुएल म्याक्रोँको प्रशासनका विरोधी वामपन्थीहरूले जलवायु परिवर्तनमा सरकारको निष्क्रियताको विरोधमा प्रदर्शनको आयोजना गरेका हुन्।
वामपन्थी फ्रान्स अनबोड (एलएफआई) पार्टीका नेता ज्याँ लुक मेलेन्चोनले हालको हडतालअघि नै प्रदर्शनको योजना बनाएका छन् भने आयोजकहरूले हालको औद्योगिक आन्दोलनबाट केही गति लिने विश्वास गरेका छन्। एलएफआईका डेपुटी म्यानन औब्रीले भने, ‘मूल्यवृद्धि असह्य छ। यो ४० वर्षमा क्रयशक्तिको सबैभन्दा ठूलो नोक्सानी हो।’
उनले ठूला कम्पनीले नाफामा कमाएको अर्बौं रकम गुजारा चलाउन संघर्ष गरिरहेकालाई दिने समय आएको बताए। प्रहरीले प्रदर्शनमा करिब ३० हजार मानिस उपस्थित हुने अपेक्षा गर्दै यसलाई बसमा राख्न आवश्यक तयारी गरिएको जनाएको छ। प्रहरी स्रोतका अनुसार उनीहरूलाई चरम वामपन्थी समूहको आन्दोलनले समस्या उत्पन्न गर्न सक्ने भय छ भने आयोजकलाई अनियन्त्रित हिंसा भड्किन सक्नेबारे सचेत बनी संयमता अपनाउन आग्रह गरिएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend