logo
  • शनिबार, साउन ३० २०८३

डाक्टर भुसालको कांग्रेस बिद्रोह : भन्छन्, सच्चा कांग्रेस मेरो प्रतिक्षामा छन्


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गुल्मी, असोज २८ ।
साढे तीन दशक नेपाली कांग्रेसको राजनीति गरेका डाक्टर दामोदर भुसालले एकाएक स्वतन्त्र उमेद्वारी दर्ता गरेपछि गठबन्धनभित्र खैलाबैला मच्चिनु स्वभाविक थियो । पार्टीको क्षेत्रिय सभापतिसहित विभिन्न संगठनको महत्वपूर्ण तहमा काम गरेका भुसालले एक्कासी उमेद्वारी दिने कुराको आंकलन जिल्ला तहमा चर्चा भएपनि आम कार्यकर्तालाई पत्तो थिएन् ।
अन्तत: भुसालले उमेद्वारी दिए । त्यसपछि पछि पनि भुसालले उमेद्वारी फिर्ता गर्नेमा धेरैको आशा थियो । तर, उनले उमेद्वारी फिर्ता दिएनन् । बरु झन सक्रिय रुपमा निर्वाचनमा खटिन थालेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर भुसालले आफ्नो चुनाबी प्रतिवद्धता र नीतिगत एजेण्डा सार्वजनिक गरेका छन् ।

सोहि क्रममा भुसालले आफ्नो उमेद्वारी कसैको बिरुद्धमा नभएर कांग्रेस बचाउन र संसदमा नीति स्थापित गर्न रहेको बताएका छन् । उनले पार्टीमा नीति, बिधी र क्षमताभन्दा गुटगत घेराभित्रकालाई टिकट दिने अवस्थाको बिद्रोह आफुले गरेको बताए ।

उनले आफ्नो बिद्रोहले गाउँ–गाउँका कांग्रेस शुभेच्छुकहरुमा आशाको संचार भएको दाबी गर्दै भीडबाट प्राप्त सफलता क्षणिक हुने बताए । भुसालले ३४ बर्षदेखि कांग्रेस पार्टीमा पुराएको योगदान नेतृत्वको केहि व्यक्तिले अवमुल्यन गरेका कारण गुल्मी २ का जनताले रुख चिन्हमा मत राख्न नपाए पनि आफ्नो नेतालाई ढुक्क भएर मतदान गर्नेमा विश्वस्त भएको बताए ।

उनले निर्वाचनमा गठबन्धन वा पार्टीमा भीड जम्मा गरेर प्रचार–प्रसार गरेपनि अन्त्यममा एकले अर्कोलाई छुरा रोपेर पराजित गर्ने प्रवृति जिल्ला र पार्टीमा हाबी भएकाले दामोदर एक्लै भएर केहि फरक नपर्ने बताए । नेपाली कांग्रेसको क्षेत्रिय सभापति हुँदा गरेका सवै रचनात्मक कामहरुको बारेमा बताउँदै भुसालले आफ्नो बिजय नजिक रहेको भुसालले दाबी गरे ।

उनले गुल्मी क्षेत्र नं २ का नागरिकले २८ बर्षदेखि कांग्रेसलाई बिजयी बनाएर संसदमा पठाउन नसकिरहेको अवस्थामा गठबन्धनको अवसर कांग्र्रेसले उपभोग गर्नुको सट्टा गुमाएको बताए । उनले आफुलाई कांग्रेस बिधान राम्रोसंग जानकारी भएकाले बिद्रोहको पछाडी पार्टी सदस्यता, पद वा भुमिका रहने वा नरहने भनेर कुनै अर्थ नहुने बताए ।

भुसालले कांग्र्रेसका शुभेच्छुक तथा मतदातालाई उत्साहित बताउँदै आफ्नै मान्छेलाई मत दिने अवसर प्रदान गर्ने व्यक्तिको पं्रससा गाउँ बस्तीहरुहरुमा भएपनि केहि व्यक्तिले नबुझेर झुण्डगत आलोचना गरिरहेको बताए । ‘कार्यक्रर्ता बोल्न मात्रै सकेका छैनन् । तर, सच्चा कांग्रेस मेरो प्रतिक्षामा छन्, उनले भने,‘ परिवर्तन र नेतृत्वको प्रवृतिको बिरुद्धमा हजारौ नागरिक छन ।’

चुनावी एजेण्डा नीतिमा सुधार

दामोदर भुसालले आफु निर्वाचित भएर संसदरमा पुगे लोकतान्त्रिक मुल्य, मान्यता र पद्धतिलाई सम्पूर्ण व्यक्ति, संस्था र राष्ट्रि जीवन पद्धतिका रुपमा विकास गर्ने बताएका छन् । भने प्रतिनिधि सभाका सदस्यहरुको भुमिका राज्यको नीति निर्माण तहमा प्रभावकारी बनाउने आफ्नो प्रमुख काम हुने भुसालले बताए ।

उनले अहिलेसम्मका संसद विधिभन्दा निर्वाचन केन्द्रित विकासमा बढि अल्झिएकाले आफुले नीति मार्फत सरकारले विकासका काम गर्ने अवस्थाको सृजना गर्ने बताए । त्यस्तै सङ्घीय सरकारको अनुदारवादी सोचका कारणले प्रदेश सरकारको औचित्यमा प्रश्न उठ्ने भएकाले प्रदेश संरचनालाई सङ्घीयताको अवधारणा अनुसार प्रभावकारी बनाउने वा खर्चिलो संरचनाको खारेजीका लागि संसदमा वहस चलाउने भुसालले बताए ।

आम नागरिकको संविधान प्रदत्त अधिकार, सेवा र सुविधा स्थापित गर्न स्थानीय तहलाई उत्तरदायी र प्रभावकारी बनाउने, जनतालाई क्रृणको भार बोकाएर औचित्यहिन अनुत्पादक क्षेत्रमा गर्ने लगानीलाई निरुत्साहित गर्दै राष्ट्रिय पुँजीलाई उत्पादक र रोजगारीमुलक र पुर्वाधार निर्माणका क्षेत्रमा प्रयोग गर्ने नीतिगत व्यवस्था गर्ने र राज्यका तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको क्षेत्रमा देखिएको स्वेच्छाचारिता अन्त्य गर्न तीन वटै अङ्गलाई लोकतान्त्रिक पद्धति संसदीय प्रणाली र विश्वव्यापी न्याय प्रणालीका मान्यता अनुरुप संचालन गर्न पैरवी गर्ने एजेण्डा अगाडी सारेका छन् ।

स्थानिय तहदेखी सङ्घिय सरकार सम्म बढ्दै गएको भ्रष्टाचार र अनियमितताको नियन्त्रण र निवारण गर्न वर्तमान संरचनावाट सम्भव नदेखिएकाले भ्रष्चाचार नियन्त्रणका लागि शक्तिशाली संयन्त्र स्थापना गर्न पहल गरिने भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend