logo
  • शनिबार, भाद्र २० २०८३

एकता समाजले प्रगतिशील देउसी भैलो कार्यक्रम


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार।
कतार नेपाली एकता समाजले प्रगतिशील देउसी भैलो कार्यक्रम गर्ने भएको छ।

संसारका मजदुर एक हौं बुर्जुवा सांस्कृतिको अन्त्य गरौं प्रगतिशील सांस्कृतिकको विकाश गरौं कतार नेपाली एकता समाज अन्तगर्त रक्तिम साँस्कृतिक विभाग द्धारा आयोजित, देउसी भैलो कार्यक्रम गर्ने भएको छ।

तिहारकै अवसरमा एकता समाजले हरेक वर्ष परमपरालाई सांस्कृतिकको जगर्ना गर्दै प्रगतिशील देउसी भैलो आयोजना गर्दै आएको छ।  आगामी यहि २८ अक्टोबर २०२२ सुक्रबार का दिन सनैया ग्रान्ड मल स्थित ग्रम बंगला रेस्टुरेन्टमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको समाजका महासचिव खिम बुढाले साझा नेटवर्कलाई जानकारी गराए ।

सांस्कृतिक भित्र रहेका रुढी परमपरालाई हटाउँदै नयाँ सन्दर्भमा समाज र सांस्कृतिकका हरेक गतिविधिलाई प्रगतिशील रुपन्तरण र वैज्ञानिक बनाउँदै जाने अहिलेको आवश्यकता रहेको बुझिन्छ। युवा पुस्ताहरुमा नै मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दछन। पहिले खेलिने देउसी भैलो भावनात्मक हुने गरेपनि अहिले देउसी भैलो मनोरञ्जनमा मात्रै सिमित भएको देखिन्छ।

कार्यक्रमा सहभागी भइ भरपुर  मनोरञ्जन लिन कतारमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई समाजले हार्दिक आव्हान समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend