logo
  • शनिबार, असोज १० २०८३

तमघासमै पहिरोले ७ वटा पक्की घर जोखिममा, सडक अवरुद्ध


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी असोज २४ ।
तम्घास रिडी सडक खण्ड अन्तरगत रेसुङ्गा नगरपालिकाको भगवती मन्दिर नजिकै सडक भास्सिएर पहिरो जाँदा ७ वटा पक्की घर जोखिममा परेका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ को तम्घास रिडी सडकको भगवती मन्दिर नजिकै सडक भास्सिएर पहिरो जाँदा ७ वटा पक्की घर जोखिममा परेसँगै सडक अबरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।
सडक भास्सिएर पहिरो गएपछि जिल्ला सदरमुकाम तम्घासबाट रिडी, पाल्पा, वुटवल जाने सवारी साधनहरु बैकल्पीक मार्ग प्रयोग गरेर जाने गरेका छन् । सडक भास्सिएर पहिरो गएसँगै तम्घास रिडी पाल्पा सडक कार्यालय पाल्पालाई तत्काल सडकको अवस्था बारे अवलोकन र मर्मत गर्न आग्रह गरिएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताए ।

हाइवय सडक अबरुद्ध भएकाले तत्कालै मर्मत गर्नका निम्ति पाल्पा सडक डिभिजन कार्यालयबाट इन्जिनियर सहितको टोलि आएर काम अगाढी बढाउने तयारीमा रहेको पन्थीले बताए । रेसुङ्गा नगरपालिकाले बिभिन्न स्थानमा गएका पहिरो हटाउन ८ वटा जेसिबी मेसिन प्रयोगमा ल्याईएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

पछिल्लो समयमा भइरहेको अविरल वर्षातका कारणले धेरै जासो ठाउँमा सडक, बिद्युत अबरुद्ध हुँदै आएको छ । पहिरोले जिल्लाको सदरमुकामै ३ दिनसम्म बिद्युत अबरुद्ध भएको थियो । अझै पनि ग्रामीण भेगमा ६ दिनदेखि बिद्युत सेवा अबरुद्ध हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend