logo
  • शनिबार, असोज १० २०८३

कोटमा सरायँ हुने भएपछि धुर्कोटमा सार्वजनिक बिदा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी असोज २२ ।
कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार धुर्कोट गाउँपालिकामा सार्वजनिक बिदा हुने भएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै पूर्णिमाको दिन धुर्कोट कोटमा सरायँ नाँच हुने भएकोले पालिकाभरी सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिए ।
गाउँपालिकाभरीका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था लगायतका कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ । धुर्कोट कोटमा परम्परादेखि नै दसैँको पूर्णिमाको दिन सरायँ नाँच हुने गर्दछ । सरायँ नाँचलाई थप व्यवस्थित बनाउन सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष पोखरेलले बताए । गाउँपालिकामा सोमबारदेखि भने नियमितरुपमा कार्यालय संचालन र विद्यालयमा पठन–पाठन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend