साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
कतारमा एसएसके ब्रदर्सद्वारा आयोजित “दशैँ धमाका २०७९” सम्पन्न भएको छ । ७ अक्टोबर २०२२ शुक्रबारका दिन दोहा स्थित रेजेन्सी हलमा आयोजना गरिएको उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रम नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर एसएसके ब्रदर्सले आयोजना गरेको हो । कतारमा लामो समयदेखि नेपाली सांगीतिक कार्यक्रमहरु आयोजना नहुँदा कार्यक्रम हेर्नको लागि आतुर रहेका दर्शकलाई यस कार्यकमले भरपुर मनोरञ्जन प्रदान गरेको विस्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरुले आ-आफ्ना प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । गायक सर्जक रमेश राज भट्टराई, बेहुला बनाउछु भन्थी बौलाहा बनाएर गइ, राजा राजा भन्थी बाजा बजाएर गइ, बबाल भो, मेरी नथिया वाली जस्ता गित गाए ।
त्यसैगरी चर्चित गायक, सर्जक तथा मोडेल अर्जुन सापकोटाले दुइ दुना चार, लगायतका गित संगीतहरु प्रस्तुत गरे । त्यस्तै पछिल्लो समयकी हिट लोक तथा दोहोरी गायिका सम्झना भण्डारीले मुटु भित्र बसेको मायालाई कहाँ बिर्सेयको छुर, औठी बेरुवाको, लम्जुङ्ग जाने बाटैमा तनहु, बिर्सी जाने माया लगायतका गित गाइन ।
पछिल्लो समय चर्चाको शिखरमा रहेका मोडल द्वय करिश्मा पुन मगर र भोजपुरी चलचित्रकी नायीका तथा चर्चित डान्सर प्रीति पासवानको नृत्यले भोजपुरी समुदायका दर्शकहरु उत्साहित देखिन्थे । कार्यक्रममा करिव ७ सय दर्शकहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकार, साझा नेटवर्क मिडिया सहित, एकदर्जन बढी सहयोगी संस्था तथा व्यक्तित्वहरु मायाको चिनो र प्रमाणपत्रद्वारा सम्मानित भएका थिए ।
कार्यक्रमबाट भएको मुनाफा बचतलाई अनाथ तथा जेहेन्दार बालबालिकाको शिक्षाको लागि खर्च गर्ने आयोजक एसएसके ब्रदर्स संचालक कृष्ण पन्थीले साझा नेटवर्कलाई बताए । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई आयोजकले आभार तथा धन्यवाद प्रकट गरेका छन ।

















© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend