साझा नेटवर्क
काठमाडौ, असोज १८ ।
कतारमा स्थानीय मिति र समय अनुसार ०५ अक्टोवर २०२२ बुधबारका दिन बिहान ०८:१५ बजे दशैँ टिकाको उत्तम साइत रहेको बताइएको छ । विदेशमा रहेर पनि नेपालीहरुले बडादशैं उत्तिकै हर्षोउल्लासका साथ मनाउने गर्दछन । नेपालमा जस्तै विदेशमा पनि आफन्त, मान्यजनका घर-घरमा पुगेर त विभिन्न ठाउमा भेट भएर टीका लगाउने अथवा आफ्नो क्यम्पमा साथीभाइहरु जम्मा भएर रमाइलो गरी दशैं धुमधामका साथ मनाउने गर्दछन ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले अघिल्ला केही वर्ष टीकाको उत्तम साइत निकाल्ने गरेको थियो तर यसवर्ष भने सार्वजनिक गरिएन । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टीकाको उत्तम साइत सर्वजनिक नगरेतापनि ज्यो. प. नारायणप्रसाद दुलालले हाम्रो पात्रोमा निकाल्नु भएको शुभ साइतलाई यहाँ साभार गरेका छौं ।
बडादशैँको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहण गर्न सकिनेछ । विजया दशमीको दिनलाई दुर्गा भवानीले महिषासुर नामक असुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टीका, जमरा अनि रमाइलोको माहौल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्त्वमाथि मानवताको विजयका रूपमा लिइन्छ ।
खाडी राष्ट्र लगायत विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको बडादशैँ अन्तर्गत विजया दशमीको दिन माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहण गर्ने उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ ।
स्थान र देश – टीकाको साइत (स्थानीय समयानुसार)
श्रोत : हाम्रो पात्रो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend