साझा नेटवर्क
कृष्ण भट्टराई, गुल्मी असोज १३ ।
हिन्दुहरुको महान पर्व विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा स्काई अनलाईन सुचना केन्द्रले आयोजना गरेको “शुभकामना आदानप्रदान कार्यक्रम” सम्पन्न भएको छ । कार्यक्रम ज्ञानकुन्ज इङलिस बोर्डिङ्ग स्कुलको प्राङ्गण मुसिकोट नगरपालिका ३ ठुलापोखरा गुल्मीमा सम्पन्न भएको हो ।
कार्यक्रममा मुसिकोट नगरपालिका अन्तरगत वार्ड नं २, ३ र ४ मा स्थापित विभिन्न संघ-संस्था, विधालय, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानिय समाजसेवी, बुद्धिजीवी, निर्वाचित जनप्रतिनिधि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पृथ्वी माध्यमिक विधालयका शिक्षक बोम बहादुर छन्तेल,जनजागृती माध्यमिक बिधालयका शिक्षक टेकहरी फुल्देल, पशुपति निम्न माध्यमिक विधालयका शिक्षक कृष्ण प्रसाद भट्टराई, बडागाँउ सामुदायिक बिधुत उपभोक्ता समितिका व्यवस्थापक बिष्णु बहादुर कार्की, समाजसेवी झविलाल भन्डारी, वसन्त रिजाल, वार्ड नं ३ का निर्वाचित वार्ड सदस्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी प्रदेस कमिटी सदस्य तथा पृथ्वी माध्यमिक विधालय व्यवस्थापन समिती अध्यक्ष खुम बहादुर थापाले आयोजक सस्थालाई धन्यवाद प्रकट गर्दै परम्परा र सस्कृतिलाई संरक्षण र समयानुकूल परिमार्जन गरि अगाल्नुपर्ने बताउनुभयो । धर्म ग्रन्थहरु सत्ययुगमा तयार गरिएकोले कतिपय कुराहरु अहिलेको युगसम्म आईपुग्दा परिमार्जन नगरी नहुने स्थितिमा पुगेको औल्याउनुभयो।
चाडपर्वमा फजुल खर्च तथा देखावटीपन बढेकोले सबैलाई सचेत हुन आग्रह गर्नुभयो । कार्यकममा बोल्दै आयोजक संस्थाका प्रबन्धक सुनिल न्यौपानेले कार्यक्रमका सहयात्री बुटवल होटल एन्ड रेस्टुरेन्ट र सीता डेन्टल तथा सहभागिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
पत्रकार जमुना कार्किको स्वागत मन्तव्य रहेको कार्यक्रम स्काई अनलाइन सुचना केन्द्रका प्रबन्धक सुनिल न्यौपानेको अध्यक्षता समाजसेवी खुम बहादुर थापाको प्रमुख आतिथ्यता तथा ज्ञानकुन्ज इङलिस बोर्डिङ्ग स्कुलका प्रीन्सिपल वसन्त अधिकारिको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend