logo
  • शनिबार, असोज १० २०८३

शहर वजारमा स्थानान्त्ररण हुने परिपार्टीको विकास गर्ने अध्यक्ष खड्का


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

यमलाल भुसाल, बुटवल असोज ९ ।
गुल्मी जिल्लाको ईस्मावाट रुपन्देही आई बसोवास गरेकाहरुको संस्था ईस्माली समाज रुपन्देहीले विजया दशमी शुभदीपावली तथा न्वागी पर्वको उपलक्ष्यमा शुभकामना तथा स्वागत तथा सम्मान कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा वोल्नेहरुले पहाडवाट शहर वजारमा स्थानान्त्ररण हुने परिपाटीको अन्त्यका लागि पहाडी जिल्लाका स्थानिय तहले शिक्षा स्वास्थ्य, सडक लगायतको विकासमा गम्भिर हुनु पर्नेमा जोड दिएका छन ।
शहर वजारमा पाईने सुख सुबिधा आराम खानपान औषधी उपचार शिक्षाका सवालमा स्थानिय तहका जनप्रतिनिधीहरु केन्द्रि हुन जरुरी रहेको औल्याएका छन ।कार्यक्रम ईस्मा गाउंपालिकाका अध्यक्ष भगवत सिंह खडकाले ईस्माली जनतालाई विकासको अनुभूर्ति हुने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । जिल्लामा सवैभन्दा कम वजेट भएको स्थानिय तहमा ईस्मा परेता पनि सबै जनतालाई एउटै परिवार मानी काम गर्ने धारणा राख्नु भयो ।

ईश्माले भोगेको प्राकृतिक विपतमा ईश्माली समाज रुपन्देहीले गरेको सहयोगको खुलेर प्रशंसा गनुृ भयो । ईश्माको जुकेपानी र नुवालामा गएको पहिरो तथा कोभिड १९ को प्रभावले जनतालााई भएको बेला समाजले सहयोग जुटाएर पठाएको उहाँले स्मरण गर्नु भयो । ईश्मालाई शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकासको गतिमा अघि बढाउन आफूले दिनरात नभनी कर्म गरेको चर्चा गर्दै गाउँपालिका अध्यक्ष खड्काले कृषि र पर्यटनको क्षेत्रमा पनि नविन सोंचका साथ काम थालिएको उल्लेख गर्नुु भयो ।

ब्यवसायिक कृषि गर्ने चाहने युवालाई विशेष प्याकेजहरु समेत राखेको भन्दै उनले मासुमा गाउँपालिका आत्मनिर्भर रहेको बताउनु भयो । दुधमा आत्मनिर्भर हुन नसकेकाले कम्तीमा पाँच वटा गाईभैसी पाल्ने किसानलाई विषेश सुविधा दिने कार्ययोजना निर्माण गरिएको जानकारी गराउनु भयो ।

ईश्माबाट रुपन्देही झरेर उद्योग ब्यवसाय गरेका उद्योगी व्यवसायीलाई आफ्नो जन्मभूमिको माटो बाँझो नराख्न आग्रह गर्दै अध्यक्ष खड्काले बाँझो रहेको जग्गामा माटो परीक्षण गरेर उपयुक्त फलफूल तथा बाली लगाउन आग्रह गर्नु भयो ।

ईस्माली समाज रुपन्देहीका अध्यक्ष वाबुराम गौतमको सभापतित्वमा भएको कार्यक्रममा समाजका द्धितीय उपाध्यक्ष तिलक महत,समाजका शेर बहादुर केसी , भिमलाल घिमिरे, धर्म प्रसाद गौतम, पुनाराम पोखरेल, श्याम खरेल, लक्ष्मी अर्याल, मित्र गौतम समाजका सचिव लोक प्रसाद खरेल लगायतले ईस्माको विकासमा समाजले रुपन्देहीवाट पनि पहल गर्ने धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend