logo
  • शनिबार, असोज १० २०८३

पत्रकार धनीराम काेरी माथि कपिलवस्तु प्रहरीद्वारा दुर्व्यवहार


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कपिलवस्तु , असोज ९ ।
नेपाल प्रेस चाैतारी जिल्ला कार्यसमिति सदस्य, राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति सदस्य एवं अवधी पत्रकार संघ कपिलवस्तु कार्यसमिति सदस्य पत्रकार धनीराम काेरी माथि फाेटाे र भिडियो बनाउने क्रममा प्रहरीले दुर्ब्यवहार गरेकाे छ ।

आइतबार दिउसो ४ बजेर २० मिनेटकाे समयमा महाराजगन्ज नगरपालिका वडा नं १ बस्ने धनी राम काेरी माथि प्रहरीले श्री बुद्ध पद्य माध्यमिक विद्यालय काे खेल मैदानमा म्यादी प्रहरी छनाेट भइरहेको स्थानमा पत्रकार काेरीलाई प्रहरीले गाली गलौज तथा दुर्यब्यहार गरेको छ ।

प्रहरीले पत्रकार काेरीकाे माेबाइल खाेसेर, दुर्ववहार र अपशब्द काे प्रयोग समेत गरेको छ । पत्रकारलाई थुन्ने  मुख फाेड्ने, गाली गलाैज लगायत अपशब्दकाे पनि प्रयोग गरेका छन् ।

यता भने कपिलवस्तु प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक संग कुरा गर्दा उहांले पत्रकार माथि दुर्व्यवहार भएको जानकारी न आएको साथै फोटो खिच्न तथा भिडियो लिन त्यहाँ रहेको कमाण्डर को अनुमति लिनु पर्ने बताए l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend