logo
  • शनिबार, असोज १० २०८३

लुम्बिनी प्रदेश पुरुष भलिबलमा गुल्मीको ऐतिहासिक जित


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सागर भण्डारी, गुल्मी असोज ०६।
९ औँ राष्ट्रिय खेलकूद लुम्बिनी प्रदेश छनोट प्रतियोगितामा पुरुष भलिबल तर्फ जिल्ला भलिबल सघं गुल्मीले ऐतिहासिक जित हासिल गरेको छ । सुनवलमा सञ्चालन भइरहेको प्रदेश स्तरीय ९ औँ राष्ट्रिय खेलकूदमा पुरुष भलिबल तर्फ गुल्मीले रुपन्देहीको लामो विरासत तोड्दै जित हासिल गर्न सफल भएको हो ।
बिहिवार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जिल्ला भलिबल संघ रुपन्देहीलाई २–० को सेटमा पराजित गर्दै जिल्ला भलिबल संघ गुल्मीले उपाधि हात पारेको हो ।लुम्बिनीप्रदेशका १२ जिल्लाका खेलाडी सहभागी रहेको उक्त प्रतियोगीतामा पहिलो चरणमा बाइ, दोस्रो चरणको क्वाटरफाइनल खेलमा जिल्ला भलिबल संघ प्युठानलाई २÷० ले प्रराजित गर्दै गुल्मी सेमिफाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै जिल्ला भलिबलसंघ पाल्पालाई २-० ले प्रराजित गर्दै फाइनल प्रवेश गरेको जिल्ला भलिबल सघं गुल्मी फाईनल खेलमा रुपन्देहीलाई २-१ ले पराजित गर्दै प्रथम भएको हो ।नवौँ राष्टिय खेल पोखरामा हुँदैछ । गुल्मीको समुह सदैव फाईनल खेलमा रुपन्देहीसगं पराजित हुँदै आएको थियो । तर यस वर्षभने गुल्मीको समुहले ऐतिहासिक जित हासिल गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend