साझा नेटवर्क
साझा नेटवर्क, कतार।
समाज सेवा अभियान रुपन्देही कतारले हमाद हस्पिटलको ब्लड डोनेशन सेन्टरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
रक्तदान कार्यक्रममा कतारमा स्थापित संघसंस्था, सामाजिक अभियानता,व्यक्तित्वहरुको १३३ जना भन्दा बढीको सहभागिता रहेको थियो। जस मध्य ६२ जनाले आफ्नो नाम रजिट्रेशन गराएका थिए भने ४९ जनाले रगतदान गरेका छन्। यो समाज सेवा अभियानले पहिले पटक पवित्र महान कार्य सफलतापुर्वक सम्पन्न गरेको छ।
अभियानले सामाजिक संघसंस्थाहरु संग हातेमालो गर्दै प्रवासमा मात्र नभएर सामाजिक कार्यहरुमा आफ्नो जिल्ला रहेका असहाय ,दुखी आगो पिडित घरबार बिहिनहरुको लागि जीविकोपार्जन बिपन्न परिवारको लागि आर्थिक सहयोग गर्दै आएको छ।
मानव यो पवित्र महान कार्यमा सहभागिता जनाई सहयोग गर्नुहुने सम्पूर्ण संघ संस्थाका प्रमुख तथा सामाजिक अभियानता, व्यक्तित्वहरुमा समाज सेवा अभियानका अध्यक्ष बिष्णु बहादुर खड्काले यो महान कार्यमा सरिक भइ रगतदान गर्नुहुने सम्पूर्ण मानुभाव प्रति हार्दिक आभार प्रकट गरेको बताए।
यहाँहरुको साथ् सहयोग सद्वाव प्रति आफु अत्यतै हर्षित भएको बताउदै आगामी दिनहरुमा पनि संघ संस्थाहरु संग हातेमालो गरि अगाडी बढने बताए।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend