logo
  • शनिबार, असोज १० २०८३

रेसुङ्गा नगरपालिका वडा नं. १४ मा सम्पर्क कार्यालय उद्घाटन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुल्मी, २७ भदौ ।
रेसुङ्गा नगरपालिका वडा नं. १४, गुल्मी को सम्पर्क कार्यालय रातामाटामा उद्घाटन भएकाे छ । वडा कार्यालय बाट प्राप्त हुने सम्पुर्ण प्रशासनिक कार्य संम्पादन गर्ने कामको आजबाट शुभारम्भ भएकाे हाे । नगरपालिका कार्यालय देखि १३ कि‍.मि. टाढा रहेकाे रातामाटा नगरपालिकाकाे सबैभन्दा दुर्गम क्षेत्र मानिन्छ । भाैगाेलिक हिसाबले विकट रहेकाे उक्त क्षेत्रका नागरिकहरुले वर्षौ देखि प्रशासनिक सेवाकाे सास्ती खेप्दै आएका थिए । हालसम्म रातामाटा बासीलाई पराल्मीमा रहेकाे वडा कार्यालय धाउन बाध्य भएका थिए । सम्पर्क कार्यालय खुले पछि स्थानीयबासीमा खुसी छाएकाे छ ।

आज साेमबारकाे दिन एक कार्यक्रम बिच नगरप्रमुख खिलध्वज पन्थीले उक्त कार्यालयकाे उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बाेल्दै पन्थीले अब
जनताका हरेक प्रशासनिक कार्य संम्पादन गरि आम रातामाटा बासी सम्पुर्ण आदरणीय आमा, बुबा, दिदीबहिनी, दाजुभाइहरुले यस कार्यालय बाट सेवा लिनु हुनेछ भन्ने कुरामा विश्वस्त रहेकाे बताए । रातामाटा बासीलाई बधाई दि‌दै सम्पुर्ण १४ नं. वडाका सम्पुर्ण वडा बासीहरुले पराल्मी र रातामाटा दुबै ठाउँ बाट सेवा लिन सक्ने बताए ।

नगरप्रमुख पन्थीले बाँडे घरमै पुगेर परिचय पत्र

नगर प्रमुख खिलध्वज पन्थीले शारीरिक रूपमा पुर्ण अशक्त रेसुङ्गा नगरपालिका वडा नं. १४ रातामाटा निवासी ४८ वर्षीय श्री पुनिकला आचार्य लाई उनकै घरमा गइ अपांग परिचयपत्र (“क” वर्ग) प्रदान गरेका छन् । उनी जस्तै अपांग, अशक्त, असहाय, दिन दुखी को पक्षका काम गर्ने नगरको निति अनुसार रेसुंगा नगरपालिकाले प्रत्येक वडाबाट दिइने व्यक्तिगत घटना दर्तालाई हाेम डेलिभरी सेवा सञ्चालन गर्दै आएकाे छ ।

फाेटाे : अपाङ्ग परिचय वितरण गर्दै नगरप्रमुख खिलध्वज पन्थी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend