logo
  • शनिबार, असोज १० २०८३

शिक्षक दरबन्दि वितरणको निर्णय गलत भएको भन्दै, सच्याउन एमालेको माग


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बडिगाड भदौ २७।
बडिगाड गाउँपालिकाले शिक्षक दरवन्दि वितरण गर्दा नियम संगत नगरेको भन्दै नेकपा एमाले बडिगाडले शिक्षा समितिको सो निर्णय तत्काल कार्यान्वयन नगर्न तथा सच्याउन माग गरेको छ।
सोमवार नेकपा एमाले बडिगाडका अध्यक्ष कमलराज आचार्यले बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै दरवन्दि वितरणको निर्णय सच्याउन अनुरोध गरेको हो। बडिगाड गाउँपालिकाले शिक्षक दरवन्दि वितरण गर्दा शिक्षक दरवन्दि (मिलान तथा व्यवस्थापन) कार्यविधि २०७६ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७७ असोज २९ गतेको परिपत्रको वेवास्ता गरेको भन्दै विधि र पद्धति अनुरुप दरवन्दि वितरण गर्न पालिका संग एमालेले माग गरेको छ।

बडिगाड गाउँपालिकाको शिक्षा समितिको शुक्रबार वसेको बैठकले प्राथमिक तहका २५ र माध्यमिक तहका १ तथा प्राथमिक तहका २ दरवन्दि समायोजन गरि कुल २८ दरवन्दि वितरण गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend