साझा नेटवर्क
पाल्पा,भदौ २४ गते । हुम गैरे गायन, सिर्जना र उद्घोषणमा समेत सफल र स्थापित नाम हो । उनी पछिल्लो समयमा कलाकारितामा कम राजनीतिमा बढी सक्रिय देखिन्छन्। हुमले राजनीतिमा चालेको सकारात्मक सक्रियताको प्रतिफल स्वरुप आगामी मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवारको लागि सिफारिस भएका छन्। पाल्पा निर्वाचन क्षेत्र नं.१ (क) बाट नेकपा एमालेको तर्फबाट समानुपातिक उम्मेदवार को लागि सिफारिस भएका हुन् ।
नेकपा एमाले पाल्पा जिल्ला कमिटी सदस्य तथा राष्टिय जन साँस्कृतिक माहासंघ नेपालको केन्द्रिय सदस्य समेत रहेका गैरे विभिन्न संघ संस्थामा आवद्व रहेर सामाजिक कार्य गर्दै आइरहेका छन् । आफुलाई योग्य देखेर पार्टीले मुल्यांकन गरेर सिफारिस गरेकोमा खुसी व्यक्त गर्दै विजयी भएपनि नभए पनि निरन्तर पाल्पाको सुख र दुःखमा संगै रही जनता कै सेवामा लाग्ने हुमले बताए। करिब ६ सय जती गीतहरुमा शब्द संगीत भरेका गैरेले करिब १०० गीतमा आवाज दिएका छन् भने हरेक चुनावमा एमालेको पक्षमा जनमत सिर्जना गर्न गीतहरु निकाल्ने गर्दछन् ।गीत गायर तथा स्टेजशो गरेर प्रशस्तै फ्यान कमाएका गैरेलाई राजनीतिमा पनि सफलता मिलोस्,आगामी निर्वाचनमा विजयी बनुन – शुभकामना ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend