साझा नेटवर्क
कृष्ण भट्टराई, गुल्मी भदौ २२ ।
युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखाको आयोजना तथा मालिका गाउँपालिका वार्ड नं ४ को समन्वयमा सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम सम्पन्न भएको छ।
११ वर्ष माथिका छात्रा किशोरीहरु ,विद्यालयका शिक्षिका,विद्यालयस्तरीय आमा समुहका पदाधिकारीलाई लक्षित गरि सञ्चालन गरिएको उक्त तालिम ठुलिचौर आधारभुत विद्यालय मालिका गाउँपालिका ४ ठुलिचौर९गधक व्जभमष्० मा सम्पन्न भएको हो।
तालिममा विद्यालयका ११ वर्ष माथिका २३ जना किशोरी,विद्यालयमा अध्यापनरत ६ जना शिक्षिका,र विद्यालयस्तरीय आमा समुहका आठ जना गरि जम्मा ३७ जनाले सहभागिता जनाएका थिए ।
तालिममा सहभागिहरुलाई युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखाकी स्कुल मोविलाईजर मिना बोहोराले सेनेटरी प्याड निर्माण सम्बन्धी प्रयोगात्मक तालिम प्रदान गर्नुभएको यु.डब्लु.एस.नेपाल गुल्मी शाखाले जनाएको छ । किशोरीहरुमा एघार वर्ष पश्चात् शारीरिक विकास तिब्र रुपमा हुने र महिनावारीको प्रक्रिया सुरु हुने अवस्था भएकोले त्यो उमेरका छात्राहरुलाई तालिममा सहभागी गराईएको प्रशिक्षक बोहोराले बताउनुभयो । तालिम लिएपछी किशोरीको लागि मनोवैज्ञानिक रुपमा महिनावारीबारे सकारात्मक धारणा विकासमा सघाउ सघाउ पुग्ने अपेक्षा संस्थाले लिएको छ ।
किशोरीलाई विद्यालय र समुदायमा सहजता होस भनेर विद्यालयका शिक्षिका र समुदायका अभिभावकलाई सँगै राखेर तालिम दिईएकोले तालिमको प्रभावकारिता व्यापक भएको संस्थाले जनाएको छ।यु.डब्लु.एस नेपाल गुल्मी शाखाले केही समय अगाडीदेखि नै सेनेटरी प्याड निर्माणको कार्यक्रमलाई आफू मातहतका विद्यालयमा निरन्तररुपमा सञ्चालन गर्दै आईरहेको छ ।
आजको तालिमको संचालनको लागि हल उपलब्ध गराएर कार्यक्रममा समन्वय गरेको मालिका गा.पा.वार्ड नं ४को कार्यालयलाई प्रशिक्षक मिना बोहोराले धन्यवाद ज्ञापन गर्नुभएको थियो।संस्थाका आगामी कार्यक्रममा गाउँपालिकाबाट भौतिक उपस्थिती सहित सहभागिताको अपेक्षा गरिएको प्रशिक्षक बोहोराले स्पष्ट पार्नुभयो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend