logo
  • शनिबार, असोज १० २०८३

नेपाल गणतान्त्रिक यातयात व्यवसायी संगठन लुम्बिनी प्रदेश गठन, अध्यक्षतामा भुसाल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

बुटवल, भदौ २२ ।
नेपाल गणतान्त्रिक यातयात व्यवसायी संगठन लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न प्रथम भेलाले प्रदेश कमिटी चयन गरेको छ । भेलाले रामचन्द्र भुसालको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो । समतिको उयाध्यक्षमा रवि प्रसाद कर्मचार्य, सचिवमा जितेन्द्र खत्री र कोषाध्यक्षम महेन्द्र भुसाल सहित ११ जना सदस्य सहितको समिति चयन गरेको हो ।
कार्यक्रममा नेपाल गणतान्त्रिक यातयात व्यवसायी संगठनका केन्द्रिय अध्यक्ष डोलनाथ खनाल नेकपा माओवादीका रुपन्देही अध्यक्ष नारायण जिसी, सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठ, पुरुषोतम सिमखडा, कान्छाराम थिङ, रुपकलाल श्रेष्ठ लगायतले यातयात व्यवसायीले भोग्नु परेको समस्याका वारेमा छलफल गरि समाधानका लागि सरोकार वाला निकायसंग पहल गर्ने निर्णय गरेको छ ।

त्यस्तै सवारी दूर्घटना पश्चात हुने तमाम समस्याको समाधानका लागि प्रदेश समिति क्रिर्याशिल हुनु पर्नेमा भेलाले जोड दिएको छ । कोभिड माहामारीले व्यवसायी धरासायी भएकालें बैक तथा वित्तिय संस्थाहरुवाट लिएको कर्जाको व्याजमा सहुलिएत दिन माग पनि गरिएको छ । टंक बस्यालको अध्यक्षतामा भएको भलाको जितेन्द्र खतीले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend