logo
  • शनिबार, असोज १० २०८३

अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा मावि स्तरीय हाजिरिजवाफ र शिक्षक तथा विद्यार्थीलाई उत्प्रेरणात्मक कार्यशाला हुँदै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल

बडिगाड २० भाद्र ।

बडिगाड गाउँपालिकाले भाद्र २३ गते अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा अन्तर विद्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ। माध्यमिक तहका कक्षा ९–१० का विद्यार्थीहरुलाई केन्द्रित गरि पालिका स्तरीय हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गर्न लागेको शिक्षा अधिकृत पुरन घर्तिले जानकारी दिनुभएको छ। सो प्रतियोगितामा बडिगाड गाउँपालिका भित्र माध्यमिक तह सञ्चालनमा रहेका १३ विद्यालयको सहभागिता रहने पालिकाले जनाएको छ। प्रतियोगितामा प्रत्येक विद्यालयबाट १ जना छात्रा सहित ३ जना विद्यार्थीको सहभागिता रहने र आवश्यक आतेजातेको समेत व्यवस्था गरिएको प्रा.स. कुलराज घिमिरेले जानकारी दिनुभएको छ।

त्यस्तै बडिगाड गाउँपालिकाले शिक्षक तथा विद्यार्थीहरुका लागि २ दिने उत्प्रेरणात्मक कार्यशाला सञ्चालन गर्न लागेको छ। भाद्र २१ र २२ गते कार्यशाला सञ्चालन गर्न लागेको र सो कार्यशालामा बडिगाड गाउँपालिका भित्रका सवै शिक्षक तथा कक्षा १० का विद्यार्थीहरु सहभागिहुने पालिकाले जनाएको छ। सो उत्प्रेरणात्मक कार्यशालाको डा. तारा गिरिले सहजिकरण गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend