logo
  • शनिबार, साउन ३० २०८३

नेकपा एमाले बागलुङ क्षेत्र नं. २ (क)बाट प्रदेश सभा सदस्यको लागि ४ जनाको नाम सिफारिस


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बागलुङ भदौ १८।
नेकपा एमाले बागलुङ क्षेत्र नं. २ क बाट ४ जना उमेदवार सिफारिस भएका छन् । गल्कोट हटियामा शनिवार सम्पन्न प्रदेशसभा निर्वाचन समन्वय कमिटिको बैठकले प्रदेश सभा सदस्य पदको लागि हिरामणि आचार्य, तिल बहादुर उप्रेती केसि, विष्णु प्रसाद भुसाल र यमुना काउचा (यमकला घर्ति)लाई सिफारिस गरेको हो ।
सो बैठकमा केन्द्रिय सल्लाहकार परिषद् सदस्य मोहनलाल रेग्मीले गठवन्धन देशको लागि घातक भएको भन्दै राष्ट्रयताको रक्षा र देशको समृद्धिको लागि एमालेको सरकार आवश्यक भएको बताउनु भएको छ । आगामी चुनावमा पर्यटक उमेद्वार हुन नहुने भन्दै नेता रेग्मीले बागलुङ पश्चिमको भविश्ष्य पश्चिमकै जनताले कोर्ने बताउनु भयो।

बैठकमा नेकपा एमाले जिल्ला कमिटि बागलुङका सचिव विष्णु प्रसाद भुसालले अन्तरपार्टि निर्देशन दिँदै सिँगो एमाले एकतावद्ध भएर निर्वाचनमा लाग्नुपर्ने बताउनु भएको थियो । बैठकमा बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका तथा ताराखोला गाउँपालिकाका पार्टी कमिटिका अध्यक्षहरुले रिपोर्टिङ गर्नुभएको थियो ।

बैठक प्रदेश सभा निर्वाचन समन्वय कमिटिका संयोजक तथा जिल्ला कमिटि सचिवालय सदस्य विना कुमारी थापाको अध्यक्षता, जिल्ला कमिटि सचिवालय सदस्य राजन कुमार पाइजाको स्वागत मन्तव्य तथा जिल्ला कमिटि सचिवालय सदस्य ढालेन्द्र शेरचनको सञ्चालनमा सम्पन्न भएको थियो ।

आइतवार संघिय निर्वाचन क्षेत्रको लागि उमेद्वार सिफारिस गर्ने कार्यतालिका रहेको र बागलुङ क्षेत्र नं. २ को बैठक बडिगाड गाउँपालिकामा बस्न लागेको नेकपा एमाले जिल्ला कमिटि सचिव विष्णु प्रसाद भुसालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend