logo
  • शनिबार, असोज १० २०८३

जेष्ठ नागरिक मिलन केन्द्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

यमलाल भुसाल, बुटवल भदौ १८ ।
रुपन्देहीको तिलोत्तममा संचालित जेष्ठ नागरिक मिलन केन्द्रको दोस्रो वार्षिक साधारण सम्पनन गरेको छ । जेष्ठ नागरिकलाई संरक्षण गर्ने उद्वेश्यले जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ डिंगारनगस्थित श्रृंगेश्वर धाम परिसरमा सञ्चालन गरिएको जेष्ठ नागरिक मिलन केन्द्रको शनिबार दोस्रो वािर्षक साधारण सभामा बोल्ने वक्ताले जेष्ठ नागरिक मिलन केन्द्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।
जेष्ठ नागरिक मिलन केन्द्रलाई दिर्घकालिन रुपमा सञ्चालन गर्न ५ करोडको अक्ष्यकोष स्थापना गर्ने उक्त वार्षिक साधारण सभाका सहभागीहरुले प्रतिवद्वता जनाएका छन् । सोही कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांणले सरकारले गर्न नसकेको काम स्थानीय व्यक्तित्वहरुबाट भएको भन्दै प्रशंसा गर्नुभयो ।
जेष्ठ नागरिकहरुको संरक्षणका लागि जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो । जेष्ठ नागरिक मिलन केन्द्रको दिर्घकालिन विकास गर्नुपर्ने र त्यसका लागि स्थानीय सरकारको तर्फबाट सहकार्य गरेर तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।
धाम तथा जेष्ठ नागरिक मिलन केन्द्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरेर आन्तरिक तथा वाह्य पर्यटक भित्राएर यसक्षेत्रमा आर्थिक उपार्जन गर्न जरुरी रहेको समेत प्रमुख खाँणले जोड दिनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कानुन मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले सामाजिक भावले स्थापना भएका संस्थाहरुले गरेका कार्यलाई सरकारले मनन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा जेष्ठ नागरिक मिलन केन्द्रका सल्लाहकार टिकाराम घिमिरे, लोकनाथ उपाध्याय, ऋषि भण्डारी, ओमी पुन, श्रृङेश्वर धाम तथा केन्द्रका कोषाध्यक्ष गणेशप्रसाद न्यौपाने, केन्द्रका गणेश कडेल लगायतले बोल्दै जेष्ठ नागरिक मिलन केन्द्रलाई नमुनाको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो ।

केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेको अध्यक्षता र सचिव हरिप्रसाद कडेलको सञ्चालनमा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट संस्थाको विधान पारित भएको छ । वार्षिक साधारण सभाबाट अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्वत रुपमा पास भएको छ । त्यस्तै साधारण सभाले जेष्ठ नागरिक मिलन केन्द्रको अध्यक्षमा यदुनाथ पाण्डे र उपाध्यक्षमा ओमी पुनलाई चयन गरेको छ ।

श्रृंगेश्वर धाम परिसरमा निर्माण गरिएको जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि एक सय जना जेष्ठ नागरिक अट्न सक्ने क्षमता भएको साढे २ तले भवन बनाइएको छ । ७० वर्ष उमेर पुगेका ततकाल ५० जना जेष्ठ नागरिकका लागि जेष्ठ नागरिक विश्रामस्थल र पार्क निर्माण गरिएको छ ।

जेष्ठ नागरिक मिलन केन्द्रको अक्ष्यकोषका लागि ओमी पुनले आफ्ना श्रीमान खेम पुनको स्मृतिमा साधारण सभाको अवसरमा १० लाख रुपैयां प्रदान गर्नुभएको छ । केन्द्रले ५ करोडको अक्ष्यकोष निर्माण गरि सोही कोषवाट संस्थाको खर्च व्यवस्थापन गर्न जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend