logo
  • शनिबार, असोज १० २०८३

पाण्डेय दम्पत्तिले प्रकटेश्वर मन्दिरमा मूर्ति सर्मपण गर्ने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु भदौ १५।
कपिलवस्तुको बाणगंगाका समाजसेवी एवम् शिक्षासेवी अरुण कुमार पाण्डेय दम्पत्तिले शनिदेवको मूर्ति सर्मपण गर्ने भएका छन् । पाण्डे दम्पत्तिले बाणगंगा २ पिपरा स्थित प्रकटेश्वर महादेव शिवालय पिपरामा शनिदेवको मूर्ति विधि विधानसहित पूजा आजा गरी भोली विहीबार सर्मपण गर्न लागेका हुन् ।
नेपाल भारत मैत्री समाजका केन्द्रीय सचिव एवम् कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका अरुण कुमार पाण्डेय र श्रीमती लता पाण्डेय दम्पत्तिले संयुक्त रुपमा मूर्ति प्रकटेश्वर महादेव पिपरालाई समर्पण गरेको बताए ।

पाण्डेयले आफ्नो धर्मप्रति रुची भएको र यस क्षेत्रमा शनी देवको मूर्ति नभएकोले पूजा आजाका लागि सहजता होस भन्ने उद्देश्य सहित र धर्म भनेको जिव वा मानवको स्वभाविक गुण भएको आफ्नो बुझाई भएकाले शनिदेवको मूर्ति शिवालय मन्दिरमा समर्पर्ण गरेको बताए । पाण्डेले सुपा देउराली बैजलपुर, दुर्गा मन्दिर कलौनीमा समेत दुर्गाको मूर्ति समर्पण गरी सकेका छन् ।

मन्दिर समितिका कृष्ण मुरारी ज्ञवालीले शनिदेवको मूर्ति शिवालय मन्दिरलाई समर्पण गर्नु अत्यन्तै स्रहाहनीय र प्रंसशनीय कार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend