साझा नेटवर्क
साझा नेटवर्क, कतार भदौ १२।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रहदै समाज सेवामा निरन्तर लागिरहेको गुल्मी सेवा समाज कतारले हिन्दु धर्मावलम्विहरुको दोश्रो महान पर्व शुभ दीपावलीको अवसर पारेर आगामी २८ अक्टोबर २०२२ का दिन शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रम आयोजना गर्ने भएको छ ।
समाजले शुभ दीपावलीको अवसर पारेर हरेक वर्ष शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रम आयोजना गर्दै आइरहेको छ । प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश मै रहेको झल्को मेटाउने कार्यक्रमको लक्ष्य रहेको समाजका अध्यक्ष कुमार अविरल पन्थीले साझा नेटवर्कलाई जानकारी दिए ।
कार्यक्रममा विशेष आकर्षणका रुपमा देउसीभैलो, मारुनी नाच, सोरठी नाच लगायतका प्रस्तुतिहरु रहने भएका छन । उक्त देउसीभैलो कार्यक्रममा कुनै पनि कमि हुन नदिई उपस्थित सम्पूर्ण दर्शक महानुभावहरुलाई स्वदेशमा रहेको झल्को मेटाउने प्रस्तुतीहरु प्रस्तुत गरी मनोरञ्जन प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।
प्रवासमा रहेका गुल्मेली तथा गैर गुल्मेली कलाकारहरुको साथमा कार्यक्रममा देउसीभैलो, मारुनी नाच, सोरठी नाच, गुल्मी जिल्ला लगायत पश्चिमी छिमेकी जिल्लाहरुमा नाचिने विभिन्न नाचहरु, सुदुरपश्चिमको सास्कृतिक झल्किने नाच तथा मगर समुदायमा नाचिने मारुनी नाच समेत प्रस्तुत गरिने बताइएको छ ।
समाजले कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेली बुवा-आमा, दाजु-भाइ तथा दिदी-बहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा समेत गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend