साझा नेटवर्क
गुल्मी, भदौ १२ ।
गुल्मेली समाज जापानले हरितालिका तिजको अवसरमा वृहत तिज कार्यक्रम गर्ने भएको छ । कार्यक्रम नाकोना जेरो हल टोकियोमा अगष्ट २९ २०२२ दिनको २ वजे वाट रात को ९ वजे सम्म संचालन हुने भएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा जापानको लागि नेपाली राजदूत धर्मपत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी उपस्थिति हुने गुल्मेली समाज जापानको अध्यक्ष महेन्द्रकुमार अधिकारीले दिए ।
लामो समयको कोरोना महामारीले जमघट हुने र रमाइलो गर्ने अवसरबाट गुल्मेली बन्चित थिए । यस बर्ष पनि कोरोनाको कारण जनजीवन सहज छैन । तर, स्वास्थ्य मापदण्ड पालन गर्दै तीज मनाउने उद्देश्यका साथ आफूहरू जुटेको गुल्मेली समाज जापानका महिला उपाध्यक्ष लक्ष्मी केसी महर्जनले बताइन ।
यो कार्यक्रमले एकआपसमा आत्मीयता ,भाईचारा, माया, ममता सामिप्यता लाई साटासाट गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने महर्जनले बताइन् । मातृभूमिबाट पढाइ र रोजगारको सिलसिलामा जापान रहेका सम्पूर्ण नेपालीहरुलाई समेत उक्त कार्यक्रममा सहभागि हुनको लागि कार्यक्रम संयोजक महर्जनले आग्रह गरिन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend