logo
  • शनिबार, साउन ३० २०८३

कतारमा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कुमार “अविरल” पन्थी, दोहा भदौ ११ ।
कतारमा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम हुने भएको छ । “नि:शुल्क स्वास्थ्य चेकअप अभियानमा सहभागी हौं, आफ्नो स्वास्थ्य परिक्षण गरी स्वस्थ्य बनौं” भन्ने नाराका साथ आगामी सेप्टेम्बर २ तारिकका दिन लुम्विनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा लुम्विनी प्रदेश अन्तर्गत रहेका १० जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम हुने भएको हो ।
दोहाको सी-रिङ्ग रोड स्थित अमेरिकन हस्पिटल क्लिनिकमा आयोजित कार्यक्रममा Height & Weight Analysis, BMI Monitoring, Free Diabetic Checkup, Blood Pressure Monitoring, GP Doctor Consultation, Dentist Consultation, Health Check & Dental Package with Voucher लगायतका परिक्षण हुने परिषदका अध्यक्ष बुद्ध पाण्डेले साझा नेटवर्कसँगको संक्षिप्त कुराकानीका क्रममा जानकारी दिए ।

कतारमा स्थापित प्रदेश संस्थाहरु, वैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, वुद्धिजीवी, समाजसेवी, व्यवसायी लगायत सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित भएर स्वास्थ्य लाभ लिनका लागि परिषदले अनुरोध गरेको छ ।

गुल्मी सेवा समाज, अर्घाखाँची सेवा समाज, प्युठान सेवा समाज, पाल्पाली सेवा समाज, समाज सेवा अभियान रुपन्देही, दाङ देउखुरी सेवा समाज, रोल्पा जलजला सेवा समाज, बुद्धभुमि कपिलवस्तु सेवा समाज, नवलपरासी सेवा समाज, बाँके सेवा समाज, कतारले संयुक्त रुपमा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरेको कार्यक्रमको संयोजन तथा व्यवस्थापन वरिष्ठ उपाध्यक्ष डिल्लीराम भट्टराई र कार्यक्रमको कोर्डीनेसन सचिवालय सदस्य कृष्ण पन्थीले गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend