साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी भदौ १० ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले संयुक्त रुपमा कोही कसैलाई चन्दा नदिन आग्रह गरेको छ । पछिल्लो समय बिप्लप लगायतका समुहहरुले जिल्लाका कार्यालय प्रमुख, जनप्रतिनिधी र संघं÷सस्थाहरुमा चन्दा मागेको गुनासो आएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । उनले सवै किसिमको सुरक्षाको लागि आफुहरु तयार भएकाले गोप्य सूचना नजिकको प्रहरी र प्रशासन कार्यालयमा उपलब्ध गराएर सहयोग गर्न आग्रह गरे ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिमप्रसाद दाहालले आफुहरुलाई पनि चन्दा संकलन गरिरहेको गुनासो आएकाले प्रहरीको बिशेष टोली पहिचान भएकाले केहि दिनमा गिरफ्तार गरिने बताए । उनले आफुहरुको संयन्त्र सदरमुकामदेखि गाउँसम्म भएकाले निर्धक्क भएर चन्दा दिनुभन्दा पहिले प्रहरीलाई सूचना दिन आग्रह गरे । ‘गुनासो गरे मात्रै पुग्दैन । सूचना दिएर सहयोग गरे प्रहरी २४ सै घण्टा त्यस्तो समुहलाई कारबाही गर्न तयार छ,’उनले भने,‘प्रहरी आफै निकै सक्रियतापूर्वक परिचालन भएको छ ।’ दाहालले कसैको कुनै अभियान, पार्टी र संगठनका लागि करकापमा पारेर रकम असुली गर्न नपाइएने र आफुहरुलाई पनि सरकारको कडा निर्देशन भएकाले त्यस्तो क्रियाकलापमा संलग्नका बिरुद्ध निर्र्मम ढंगले कारबाही गरिने बताए ।
पछिल्लो समय संगठनका बिभिन्न नाम र नम्बरबाट फोन गरेर वा कार्यालयमै उपस्थित भएर चन्दा माग्ने गरेको गुनासो बढेको छ । तर, कतिपय कार्यालय प्रमुख र व्यक्तिहरुले सुरक्षाको कारण देखाउँदै सुरक्षा निकायलाई भन्दैनन् । ‘एक चोटी नभएर १० चोटी चन्दा मागेका छन् । कार्यालय संचालनमै चुनौति रहेका बेला कसरी दिने सहयोग,’एक कार्यालय प्रमुखले भने,‘रकम दिनेकी चेतावनी स्विकार गर्ने अन्यौल भएको छ ।’
एसपी भिम दाहालसंग साझा नेटवर्क मिडियाका पत्रकार टोपलाल अर्यालले गरेको संक्षिप्त कुराकानी…
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend