logo
  • शनिबार, असोज १० २०८३

कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोलि चल्यो, एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रिन्स मिश्रा, कपिलबस्तु भदौ १०।
कपिलबस्तुमा अज्ञात समुहले गोलि चलाउँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीको गोलि लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।

पासीलाई मायादेवी गाँउपालिका वडा नं. ५ को महादेवको एक खाली घरमा गोली हानिएको प्रहरीको भनाइ छ ।

गोली कसले र के का लागि चलायो भन्ने बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको र गोली हान्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । मृतक पासी एक कृषक भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend