logo
  • शनिबार, असोज १० २०८३

यु डब्लु एस नेपालद्वारा प्याड निर्माण सम्बन्धी तालिम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कृष्ण भट्टराई, गुल्मी भदौ ६ ।
युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखाद्वारा एघार वर्ष माथिका छात्रा र शिक्षिका र विद्यालय स्तरीय आमा समुहका सदस्यहरुलाई लक्षित गरि प्याड निर्माण सम्बन्धि एक दिने तालिम पशुपति निम्न माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ४ दजाकोटमा सम्पन्न भएको छ।
संस्थाकी स्कुल मोविलाइजर मिना बोहोरा सिंजालीले सहभागीहरुलाई प्याड निर्माण सम्बन्धी प्रयोगात्मक विधिद्वारा तालिम प्रदान गर्नुभएको सहभागी शिक्षिका सङ्गिता राकसकोटिले बताउनुभयो । एघार वर्ष माथिका किशोरिहरुमा शारीरिक परिवर्तन सहित रजस्वलाको प्रकृया सुरु हुने र यस्तो समयमा उनिहरु आत्तिने,डराउने,लजाउने जस्ता कारणले उनिहरुमा उत्पन्न हुने मनोबैज्ञानिक असरलाइ कम गर्न तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ।

किशोरिहरु स्वयम्ले प्याड निर्माण गर्न सकेमा उनिहरुलाई आवश्यक परेको बेला घरमै गुणस्तरीय प्याड उपलब्ध हुने र यसले पैसा र समयको बचत गरि उनिहरुको ब्यक्तिगत सरसफाईमा सहयोग पुग्ने हुदा यो तालिम निकै महत्वपूर्ण रहेको मोबिलाइजर मिना बोहोराले स्पष्ट पार्नुभयो।

समुदाय र बिधालयमा छात्राहरुलाई महिनावारी बारे बोल्न सहजता महसुस होस भन्ने हेतुले शिक्षिका र आमा समूह सँगै राखेर तालिम प्रदान गरिएको उहाँले बताउनुभयो।यस्तै पशुपति निम्न माध्यमिक विद्यालयले अभिभावक भेलाको आयोजना गरि प्रथम त्रैमासिक परीक्षाको परिक्षाफल प्रकाशन गरेको छ।

गत साउन महिनाको अन्तिम हप्ता लिईएको परिक्षाको नतिजा प्रकाशन गरिएको हो।परीक्षाफल प्रकाशन समारोहमा स्टार अफ द मन्थ,दिवा खाजा,गरीब जेहेन्दार तथा अपाङ्ग बिद्यार्थी सम्मान लगायतको कार्यक्रम गरिएको थियो। विद्यालय व्यवस्थापन समिती सदस्य सरिता राकसकोटी र उहाँको श्रीमान सुर्य बहादुर राकसकोटिले आफ्ना छोराहरु बिन्दास र शुशान्त राकसकोटिको जन्मदिनको अवसरमा विद्यालयलाई हस्तान्तरण गर्नुभएको र शैक्षिक सामग्रीको पनि अभिभावक भेलाबाट बिद्यार्थीलाई हस्तान्तरण गरिएको थियो।

छोराहरुको जन्मदिनको अवसरमा शैक्षिक सामग्री विद्यालयलाई उपलब्ध गराएकोमा सरिता र सुर्य बहादुर राकसकोटिको कार्यको प्रशंसा गर्दै प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले धन्यवाद ज्ञापन गर्नुभएको थियो। साथै यो बर्ष यु डब्लु एस नेपाल मार्फत पेस्तालोजी चिल्ड्रेन भिलेज सोसाइटिको छात्रवृत्ति प्राप्त गर्न सफल छात्रा रेशिका राकसकोटि र ईन्देणी पुस्तकमा रचना उपलब्ध गराउने छात्रा हसिना राकसकोटिलाई शुभकामना प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षक नवल किशोर पसवान र छात्राहरु गृष्मा पुन र झविकला थापाले आफ्नो गायन प्रतिभा मार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो। छात्र युनिक पेमि ,दिप्सन पुन,छात्राहरु सम्झना राकसकोटी,सृष्टि सनारी,आशिका नेपाली र भावना रेश्मिले आफ्नो नृत्य द्वारा मनोरञ्जन प्रदान गर्नुभएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बालकृष्ण पुनको अध्यक्षता युनाइटेड वर्ल्ड स्कुल्स नेपाल स्कुल मोविलाइजर मिना बोहोराको प्रमुख आतिथ्यता,कम्प्युटर प्रशिक्षक दधिराम बन र प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिको विशेष आतिथ्यता,शिक्षक अर्जुन राकसकोटिको सहजीकरण र स।प्र।अ सोम बहादुर पेमि मगरको सन्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend