logo
  • शनिबार, साउन ३० २०८३

बामपन्थी एकता आवश्यक छ : झलनाथ खनाल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

????????????????????????????????????

हुमाकान्त पोखरेल, भदौ  गुल्मी  ६ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा बामपन्थी एकता आवश्यक रहेको बताएका छन् । सोमबार गुल्मी सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खनालले जनवादी र समाजवादी क्रान्तिको कालखण्डमा पनि बामपन्थी शक्तिहरुको एकता नै आवश्यक रहेको बताए ।

‘मैले हिज पनि बामपन्थी एकताको पक्षमा बोल्दै आएको थिए ।’ नेता खनालले भने ‘एकताका लागि ठुला भनिने दल र तिनका नेताहरुले चाहानुपर्छ । तर अहिले ठुला भनिने कम्युनिष्ट पार्टीहरुले बामपन्थी एकता नचाहेका कारण तत्काल एकता हुने सम्भावना नभएको उनले बताए ।

माओवादी केन्द्रसँग पार्टी एकताको चर्चा चलेको सम्बन्धमा नेता खनालले नेकपा एस र माओवादीको बीचमा वैचारिक निकटता देखिएपनि तत्काल पार्टी एकताको सम्भावना नरहेको बताए । ‘पार्टीहरुको बीचमा वैचारिक, राजनीतिक, सैद्धान्तिक र लक्ष्यहरुका बीचमा एकरुपता भयो भने दुई वा दुईभन्दा बढी पार्टीहरु एक हुनसक्छन् ।’ उनले भने, ‘तर निर्वाचनअगाडी कुनै पार्टीसँग एकता हुने सम्भावना भने कम छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend