साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी भदौ ५।
प्रगतिशील तथा पेशागत कानुन ब्यवसायी सङ्गठन (पिपि एल ए) जिल्ला कार्यसमिति गुल्मीको अधिबेशन सम्पन्न भएको छ । आइतबार तम्घासमा सम्पन्न अधिवेशनले अधिवक्ता गोपाल प्रसाद खनालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता टुक बहादुर कुँवर, सचिवमा अधिवक्ता हीरा कुँवर, कोषाध्यक्षमा अधिवक्ता युवराज आचार्य र सदस्यहरुमा अधिवक्ता गणेश श्रीपाली, अधिवक्ता हिरा अर्याल, अधिवक्ता जिवलाल पाण्डे अधिवक्ता ओम बहादुर कार्की र अधिवक्ता भिमलाल पाण्डे रहेका छन ।
प्रगतिशील तथा पेशागत कानुन ब्यवसायी संगठनले कानुनी ब्याबसायलाई थप बिश्वासनिय बनाउन महत्त्वपूर्ण योगदान कामहरु गर्ने जनाएको छ । अधिवेशनले लुम्बिनी प्रदेश समिति सदस्यमा अधिवक्ता बोमलाल भण्डारी र अधिवक्ता चिरञ्जीवी शर्मालाई सिफारिस गरेको छ ।
समितिले विध्यमान संविधान र कानुनको कार्यान्वयनमा थप सहजीकरण गर्ने, नागरिकहरुको न्याय प्राप्तिका लागि निरन्तर पैरवी गर्ने नवनिर्वाचित अध्यक्ष खनालले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend