logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको मुसिकोटमा सञ्चारकर्मी नेपाली माथि कुटपिट


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुल्मी, भदौ ४।
मुसिकोट नगरपालिकाको केन्द्र वामी बजारमै सञ्चारकर्मी माथि कुटपिट भएको छ । मदिरा सेवन गरेका केही युवाले मुसिकोट नगरपालिका वडा नं २ निवासी जिटिभि अनलाईनमा कार्यरत सञ्चारकर्मी सुरज नेपाली माथि कुटपिट गरेका हुन् । वामी बजारमा श्रीकृष्ण रथयात्रा हेर्न मुसिकोट नगरपालिका वडा नं ६ कुर्घाबाट आएका मदिराले मत्त युवाहरुको समुहले सञ्चारकर्मी नेपाली माथि कुटपिट गरेका हुन् ।

“म मोटरसाईकलमा मदुश क्याफे तर्फ आउँदै थिए पीडित नेपालीले भने,एक्कासी ६÷९ वटा मोटरसाईकलमा आएका युवाहरुले उ त्यही हो भन्दै कुटपिट गरे नेपालीले भने–उनीहरुले टाउको र छातिमा हानेको उनले बताए । वडा नं ६ कुर्घा भुवाचिदीका युवाहरु राजेन्द्र खत्री र चुरन पछाई लगायतका ७/८ जनाको समुहले नेपाली माथि कुटपिट गरेका हुन् ।

मदिराको लठमा मत्त युवाहरुको समुहको कुटाईबाट नेपालीको टाउको, छाति र मुखमा चोट लागेको छ । पीडित नेपालीले आवश्यक कारबाहीको माग गर्दै वामी प्रहरी चौकीमा कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका छन् । वामी प्रहरी चौकीका ईन्चार्ज हरि ओलीले निवेदनका आधारमा आवश्यक कारबाही अगाडी बढाउने बताए ।

स्थानीयले पछिल्लो समय वामी बजार क्षेत्रमा मदिरा खाएर होहल्ला गर्ने, अपाच्य शब्दहरु प्रयोग गर्दै हिसां फैलाउने तथा स्थानीयहरु माथि नियमित रुपमा कुटपिट गर्ने लगायतका घटना हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । स्थानीय विवेक काफ्लेले वामी बजारको सुरक्षा चिन्ता बढ्दै गएको बताए ।

काफ्लेले नियमित रुपमा यस्ता घटना हुँदा पनि प्रहरी प्रशाशनले कारबाहीको प्रक्रिया अगाडी नबढाउनु दुःखद भएको बताए । मदिरा सेवन गरेर विभिन्न अपराधिक क्रियाकलाप गर्ने युवाहरुलाई तत्काल कारबाहीको प्रक्रिया अगाडी बढाउन उनको माग छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend