logo
  • शनिबार, असोज १० २०८३

पशु स्वास्थ्य तथा परिषद विधेयक तत्काल पारित गर्न अपिल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

यमलाल भुसाल, बुटवल साउन ३० ।
नेपालको पशुपन्छी तथा मत्स्य विकासको समग्र प्रवद्र्धन र विकासका लागि प्रतिनिधी सभामा पेश भएको पशु स्वास्थ्य तथा परिषद विधेयक पारित गर्न सरोकारवाला निकायले माग गरेका छन । पशु सेवा विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय मन्त्री परिषद एंव कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति र विभिन्न सरोकारवाला हरुसंगको छलफल पश्चात तयार पारिएको विधेयक पारित नहुदां ६० हजार भन्दा बढी विज्ञ तथा प्राविधिक जनशक्ति समस्यामा परेको भन्दै पशुपन्छी तथा मत्स्य विकासको क्षेत्रमा कार्यरत संस्थाहरुले सामुहिक रुपमा विज्ञप्ति जारी गदै विधेयक पारि गराउन पहल गरिदिन सांसदहरुलाई अनुरोध गरेका छन ।

नेपाल एनिमल साईन्स एशोसिएसनका अध्यक्ष डा. श्रीराम नेउपाने, नेपाल पाराभेटेरीनरी एण्ड लाईभटक एशोसिएसनका कार्य वाहक अध्यक्ष डम्वर बहादुर बम्म, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका अध्यक्ष जनक बहादुर रावलद्धारा सम्युक्त रुपमा जारी विज्ञप्तिमा यही साउन २३ गते नेपाल भेटेरिनरी एशोसिएसनवाट जारी विज्ञप्ति प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन ।

नेपालमा दर्ता रहेका १ हजार ५ सय पशु चिकित्सक बाहेका ६० हजार भन्दा बढी पशुपन्छी तथा मत्स्य विकासको क्षेत्रमा क्रियाशिल विशेषज्ञ तथा प्राविधिक जनशक्तिको नियमन र व्यवस्थापनमा प्रस्तुत विधेयक महत्वपूर्ण कोशेढुगां सावित हुने ती ३ वटा संस्थाले विज्ञप्ति मार्फत औल्याएका छन ।

उनिहरुले पशु चिकित्सा परिषद ऐन २०५५ ले समेत पूर्ण रुपमा समेटन नसकेका पशुपन्छी तथा मत्स्य विकास, पशु प्रजनन्, पशु आहार पशुपन्छी व्यवस्थापन, पशुपन्छी बजार व्यवस्थापन, पशु स्वास्थ्य तथा पशु सेवा व्यवस्थापन ,चरन तथा घाँसेवाली विज्ञ एंव प्राविधिकहरुलाई समेटेको विधेयकको विरोध गर्नु भनेको नेपालमा पशुपन्छी तथा मत्स्य विकासको संभावनालाई समाप्त पार्नु भएको ठहर ती संस्थाले गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend