साझा नेटवर्क
सबिन बस्नेत ३०,साउन, ।
गुल्मी दरबार गाउँपालिकाको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद र जिल्ला युवा समिती गुल्मीको समन्वयमा अन्तर्राष्ट्रिय युवा दिवस,अगष्ट १२को सन्दर्भमा म्याराथन दौडसहित विविध कार्यक्रम सम्पन्न भएको छ ।
पाँच हजार मिटरको म्याराथुन दौडको उद्घाटन गर्दै गुल्मी दरबार गाउँपालिका ,गुल्मीका अध्यक्ष सरोज थापाले युवाको सहभागिता र साझेदारी पालिकाको विकास र समृद्धिमा अपरिहार्य रहेको भन्दै खेलकुद,नेतृत्व विकास र उद्यमी कार्यक्रम मार्फत युवालाइ अगाडि बढाउन पालिकाले सबै खाले सहयोग गर्ने बताए । सो अवसरमा युवालाइ लक्षित गर्दै यस चालुआर्थिक वर्षमा पनि युवासँग पालिका र खेलाडीसँग पालिका जस्ता कार्यक्रम ल्याइएको समेत जानकारी गराए ।
ृउक्त म्याराथुन दौडमा स्रोह देखि चौबीस वर्षका २२ युवाहरु को सहभागिता रहेको थियो ।दौड कार्यक्रममा पुरुष तर्फ राजु बस्नेत,कमलसिंह थापा,चेहरसिंह घर्ती ,किरण खत्री तथा महिलातर्फ बिपना थापा,सपना नेपाली ,नुमकला पौडेल र प्रीयङ्का बिश्वकर्मा क्रमश प्रथम,द्दितिय,तृतीय र सान्त्वना भएका थिए । बिजेतालाई प्रमाणपत्र सहित आठ हजार,चार हजार,दुइ हजार र एक हजार पुरस्कार वितरण गरिएको थियो ।
ूअन्तरपुस्ताको एक्यवद्धता ,सबै उमेर समुहको साझा विश्व निर्माणमा प्रतिबद्धता भन्ने नाराका सहित मनाइएको २२औ अन्तर्राष्ट्रिय युवा दिवस को समापनमा सम्पुर्ण जनप्रतिनिधि ,क्लवका प्रतिनिधि र ,कर्मचारी को उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन शिक्षा शाखाका कर्मचारी खिम थापाले गरेका थिए भने कार्यक्रमको उद्देश्यको बारेमा प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेय र जिल्ला युवा समिती गुल्मीका अध्यक्ष शालिक बस्नेतले प्रकाश पारेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend