साझा नेटवर्क
साझा नेटवर्क, दोहा साउन २९ ।
कतारमा आगामी अगष्त १९ तारिखका दिन वृहत रक्तदान कार्यक्रम हुने भएको छ । “रक्तदान नै जीवन दान हो, रक्तदान गरौं परोपकारी कार्यमा सहभागी होऔं” भन्ने नाराका साथ नेपाली श्रमिक कल्याणकारी संघ कतारले “वृहत रक्तदान” कार्यक्रम आयोजना गरेको हो ।
उक्त कार्यक्रम हमाद अस्पतालको ब्लड डोनर सेन्टरमा आयोजना गरिएको छ । हमाद अस्पताल ब्लड डोनर सेन्टरसँगको समन्वयमा आयोजना गरेको कार्यक्रमका संयोजक दर्शन सुनारले साझा नेटवर्कसँगको संक्षिप्त कुराकानीका क्रममा जानकारी दिए ।
कतारमा स्थापित प्रदेश संस्थाहरु, वैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, वुद्धिजीवी, समाजसेवी, व्यवसायी लगायत सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भएर रक्तदान गरिदिन संघले अनुरोध गरेको छ ।
रक्तदान कार्यक्रम स्थानीय समयानुसार बिहान ८ बजेदेखि १२ बजेसम्म मात्रै रहने हुँदा समयमै उपस्थिति जनाउन समेत आयोजक संस्थाले आग्रह गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend