logo
  • शनिबार, साउन ३० २०८३

अमेरिका मेरो बुढा छ


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, बुटवल साउन २६।
महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिएसंगै बजारमा नयाँ नयाँ तिजका गीत  सार्वजनिक हुन थालेका छन् ।

नयाँदेखि स्थापित कलाकारसम्मले पछिल्लो समय धमाधम तिजका गीत सार्वजनिक गरिरहेका छन् । यसै क्रममा विपीन केसीको शव्दमा सजिएको अमेरिका मेरो बुढा छ गितको बोल रहेको भिडियो सार्वजनिक गरिएको छ। युवा व्यवासायी समेत रहेका गीतकार केसी लामो समयदेखि निरन्तर गीत लेखनमा सक्रिय छन् । यसपटक सार्वजनिक उक्त गीतमा जय देवकोटा, रेजीना परियारको संयुक्त आवाजमा रहेको छ ।

गीतको भिडियोमा चर्चित मोडल शंकर बिसी, उषा सुबेदी लगायतका कलाकारको बेजोड प्रस्तुती देख्न सकिन्छ । गीतको अडियो र भिडियोले दर्शकको ध्यान खिचेको छ । खदन खड्का, शिव जि क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । प्रकाश खड्काको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

१२ मिनेटभन्दा लामो गीतको म्युजिक जय देवकोटाले गरेका छन् । कृष्ण केसीले यसको एरेन्ज गरेका छन् ।

                                                                            भिडियो हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend